×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार पक्राउ पर्दै

५ चैत्र २०७९

५ चैत ,एजेन्सी ।
टेस्ला र ट्विटरका सीईओ अर्बपति एलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा ठूलो दाबी गरेका छन्। ट्वीटरका मालिकले डोनाल्ड ट्रम्प पक्राउ परे भारी जितको मतका साथ राष्ट्रपतिमा पुनः निर्वाचित हुन सक्ने बताएका छन् ।

ट्रम्पले आफूलाई छिट्टै गिरफ्तार गर्न सक्ने भनाइपछि उनको बयान आएको हो । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार शनिबार ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई मंगलबार पक्राउ गरिने दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गर्दै आफूलाई छिट्टै पक्राउ गर्न सकिने बताएका छन् ।

Advertisement
Advertisement

ट्रम्पले म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले ल्याएको मुद्दामा मङ्गलबार गिरफ्तार हुने आशंका गरेका छन् । यसपछि मस्कले यो खबरमा आफ्नो प्रतिक्रिया दिएका हुन् । मस्कले ट्वीट गरेका छन्, ’यदि यस्तो भयो भने, ट्रम्प भारी जीतका साथ पुनः निर्वाचित हुनेछन्।’

ट्विटरका सीईओले फक्स न्यूजको रिपोर्टमा यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई गिरफ्तारीको डरले विरोध प्रदर्शन गर्न भनेका थिए । यद्यपि, ट्रम्पले सम्भावित गिरफ्तारीको बारेमा कसरी थाहा पाए भन्ने बारे सामाजिक सञ्जालमा कुनै विवरण दिएका छैनन् ।

आफ्नो पोस्टमा, उनले २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका जो बाइडेनको पराजयलाई ’जनदेशको चोरी’ भनेर वर्णन गरेर आफ्ना समर्थकहरूलाई विरोध गर्न आग्रह गरेका थिए । ट्रम्पमाथि पोर्न स्टार डेनियलले गम्भिर आरोप लगाएकी छिन् ।

पोर्न स्टार स्टेफनी क्लिफर्डले ट्रम्पसँग एक दशकअघि अफेयर रहेको बताएकी छन् । यो कुरा सार्वजनिक नगर्न ट्रम्पले उनलाई पैसा दिएका थिए । यद्यपि ट्रम्पले अफेयरको खण्डन गर्दै आएका छन् । डेनियलसँगको सम्बन्धको आरोपलाई अस्वीकार गर्दै उनले आफूलाई जानाजानी निशाना बनाइएको बताएका छन् ।

Advertisement

उनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावको दौडबाट आफूलाई हटाउन डेमोक्रेटिक पार्टीसँग आवद्ध अभियोजकहरूले निशाना बनाएको आरोप लगाएका छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top