आजदेखि साफ,नेपालले भारतसंग खेल्दै

६ चैत, एजेन्सी ।
बंगलादेशमा आजदेखि साफ यू–१७ महिला च्याम्पियनसिप सुरु हुँदैछ । उद्घाटन खेलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि यू–१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ । आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ । च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । मुख्य प्रशिक्षक भगवती रानाले नेपालको तयारी राम्रो रहेको र उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताइन् । च्याम्पियनसिपमा यसपटक युरोपियन टिम रुस पनि सहभागी छ ।

Advertisement

त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती भने पक्कै छ । यसअघि नोभेम्बरमा भएको साफ यू–१५ मा नेपाल बंगलादेश र भुटान मात्र सहभागि थियो । जसमा डबल राउण्ड रोविन लिगका आधारमा खेल भएको थियो र नेपाल धेरै अंक जोड्दै च्याम्पियन बनेको थियो ।

त्यसबेला नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो । नोभेम्बरमा साफ यू–१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् । यता बुधबारदेखि नेपालमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कपका लागि भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेको छ ।

भुटानी टोली सोमबार बिहान नेपाल आईपुगेका हुन् । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि लाओसको टोली सोमबार नै नेपाल आइपुग्ने एन्फाले जनाएको छ । प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।

नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछ । नेपालले ८ चैतमा लाओससँग खेल्दा चैत ११ गते भुटान र लाओस भिड्नेछन् । चैत १४ गते नेपाल र भुटान भिड्नेछन् ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा खेल्नेछ । तर, एन्फाले प्रधानमन्त्री थ्री नेसन्स कप आउन दुई दिन बाँकी रहँदासमेत टोली घोषणा गरेको छैन । प्रधानमन्त्री थ्री नेसन्स कपलाई सामान्य प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top