नेपाली क्रिकेटरलाई भारतमा उतार्न देसाई अहोरात्र खटिदै

७ चैत , काठमाण्डौ ।
संयोग मात्रै होइन नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई बनेसँगै नेपाली क्रिकेटले अविश्वसनीय उपलब्धि हासिल गरेको छ । पछिल्ला १२ खेलमध्ये ११ खेलमा महत्वपूर्ण जित हात पार्दै नेपाल विश्वकप क्रिकेट छनौटमा पुगिसकेको छ ।

नेपालले पाएको यो उपलब्धिको श्रेय खेलाडी र प्रशिक्षकलाई दिइदै आएको पाइएको छ । प्रशिक्षकको भूमिका र उनको प्रशिक्षणको खेलाडीहरुले पनि मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् । बोली अनुशार व्यवहार र खेलाडीको मनमा बस्न सफल भएका प्रशिक्षक देसाई नेपाली क्रिकेटलाई अन्तराष्ट्रियकरण गर्न पछिल्लो समय क्रियाशील देखिएका छन् ।

उनले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । देसाईले आयरल्यान्ड र स्कटल्यान्डका क्रिकेटरले इंग्ल्यान्डमा खेल्ने गरेको उदारहण प्रस्तुत गर्दै नेपालले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका हुन् ।

Advertisement

गएको माघ २३ गते देसाई औपचारिक रूपमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्रिकबजसँग उनले नेपाली क्रिकेटको विकासका लागि आईसीसी र एसीसीका अध्यक्ष तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय साहसँग छलफल गरिरहेको बताएका छन् ।

“मैले आईसीसी र जय भाइ (जय साह बीसीसीआईका सचिव र एसीसीका अध्यक्ष)सँग यसबारे कुरा गरेँ । स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन् भने हामीले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्छ ।

Advertisement

यदि, नेपालले यसरी खेल्न पायो भने हामी चार वर्षमा टेस्ट राष्ट्र बन्नेछौँ,” देसाईले भने, “नेपालका सबै छिमेकी मुलुकहरू आईसीसीका पूर्ण सदस्य छन् । जसमा अफगानिस्तान पनि सामेल छ । अझ अफगानिस्तान र नेपालले एकै समयमा क्रिकेट खेल्न सुरु गरेका हुन् ।”

यसअघि नेपाली टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा रहन सफल भई विश्वकप छनोटमा पुगेपछि देसाईले नेपालले आइसीसीको पूर्णसदस्यता पाउनु पर्ने बताएका थिए । नेपाल सिधै विश्वकप छनोटमा पुगेपछि देसाईले नेपाल आईसीसीको पूर्ण सदस्य बन्न योग्य रहेको बताएका हुन्।

उनले आईसीसीको पूर्ण सदस्य रहेका नेपालका छिमेकी देशहरुलाई नेपालप्रति ध्यान दिन पनि देसाईले आग्रह गरेका छन् । देसाईको प्रशिक्षणमा खेलेका १२ मध्ये ११ खेलमा नेपाली विजयी भएको छ । देसाईको प्रशिक्षणमा नेपाली टिम घरेलु मैदानमा पछिल्ला आठ खेलयता अपराजित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top