बढुवा भएसंगै अख्तियारले एआईजी श्यामलाल ज्ञवालीको नागरिकता छानविन गर्ने

७ चैत, काठमाण्डौ ।
बढुवा भएकै दिन नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले एआईजी श्यामलाल ज्ञवालीको सम्पूर्ण विवरण माग गरेको छ ।

गृह मन्त्रालयलाई सोमबार एक पत्र पठाई विवरण माग गरिएको हो । अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानमा पनि प्रहरीमा भर्नाका लागि ज्ञवाली ‘अयोग्य’ देखिएका छन् । यसअघि प्रहरी किताबखाना, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय प्युठानमा पनि उनको विवरण माग गरिएको थियो ।

ज्ञवाली सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेपछि अख्तियारमा उजुरी परेको थियो । उजुरीका आधारमा उनको नागरिकता विवरण खोजी गरिएको हो । उनी २५ वर्ष पूरा भइसकेको करिब १० दिनपछि भर्ना भएका थिए ।

Advertisement

जिल्ला प्रशासन कार्यालय प्युठानबाट ज्ञवालीले २०४१ चैत २१ मा नागरिकता लिएको देखिएको छ । त्यसबेला उनको उमेर १७ वर्ष रहेको थियो । उनको जन्म २०२४ सालमा भएको र २५ वर्ष पूरा भएपछि उनी २०५० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको पाइएको छ ।

त्यसबेलाको नियमअनुसार २५ वर्ष उमेर पूरा भएको व्यक्ति प्रहरी निरीक्षकमा भर्ना हुन पाइँदैनथ्यो । २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । सो सूचनामा छनोट हुने सालको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

Advertisement

उक्त सूचनाअनुसार पनि ज्ञवालीले आवेदन दिन पाउँदैन थिए । यही विषयमा अहिले अख्तियारले अनुसन्धान थालेको हो । गृहलाई प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ । सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । ज्ञवाली कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा कार्यरत छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top