लगातारको हारपछि यूएईले भारतीय प्रशिक्षकलाई हटायो

७ चैत, एजेन्सी ।
युएईले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पदबाट रोविन सिंहलाई हटाइएको छ। अब मुदास्सर नाजरले युएईको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युएईको मिडिया द नेसनलले उल्लेख गरेको छ। भारतका पूर्व अलराउन्डर सिंह फेब्रुअरी २०२० मा युएईको प्रशिक्षक नियुक्त भएका थिए।

तर पछिल्लो समय युएईले खराब प्रदर्शन गरेपछि उनको पद धरापमा परेको थियो। युएईले यसै साताको अन्त्यमा नामिबियामा हुने क्रिकेट विश्वकप छनोटको प्लेअफ खेल्दैछ । पछिल्लो समय खराब नतिजाको कारण युएईले जुनमा जिम्बाब्वेमा हुने ग्लोबल विश्वकप छनोटमा सिधै स्थान बनाउन असफल भएको थियो भने एकदिवसीय मान्यता पनि खतरामा परेको थियो।

अब क्रिकेट विश्वकप छनोटको प्लेअफमा शीर्ष दुईमा परे युएई विश्वकप छनोटमा पुग्नेछ भने क्यानडा र जर्सीभन्दा अघि रहे मात्र एकदिवसीय मान्यता जोगिनेछ । पाकिस्तानका पूर्व अलराउन्डर मुदास्सरले अन्तरिम जिम्मेवारी लिएका छन् ।

Advertisement

नियुक्त भएपछि पनि सिंहले भारतको मुम्बई इन्डियन्स कोचिंग स्टाफको रूपमा आफ्नो भूमिका कायम राख्न सम्झौता गरेका थिए। गत वर्षदेखि युएईले एकदिवसीय र टी–२० गरी कुल २७ खेल खेलेको छ र त्यसमध्ये २० खेल हारेको छ। पछिल्लो पटक मात्रै यूएई नेपालसँग ३ खेलमा पराजित भएको थियो भने एक खेलमा जित हात पारेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top