NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा बुधबार मंसिर १७ , २०८२
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

लुम्बिनीमा गिरी सरकार ढल्ने दिन गिन्ती सुरु

बिहिबार चैत्र ९ , २०७९
Reading Time: 1 min read
A A
लुम्बिनीमा गिरी सरकार ढल्ने दिन गिन्ती सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ चैत, काठमाण्डौ ।
लुम्बिनीमा नेकपा माओवादी केन्द्रले एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार गिरीलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

यसका लागि आज माओवादी प्रदेश संसदीय दलको बैठक बस्दै छ । दिउँसो १२ बजेपछि भैरहवामा बैठक बस्ने प्रदेश सरकारमा माओवादी केन्द्रबाट मन्त्री रहेका इन्द्रजित थारुले जानकारी दिएका छन् । बैठकमा प्रदेश सरकारबाट बाहिरिनेबारे छलफल हुने भए पनि आजै निर्णय नहुने उनको भनाइ छ ।

‘नयाँ गठबन्धनअनुसार केन्द्रबाट सातवटै प्रदेशको मुख्यमन्त्रीबारे निर्णय नहुँदासम्म लुम्बिनीमा सरकार फेर्ने प्रक्रिया सुरु हुँदैन’, उनले भने, ‘प्रक्रिया सुरु नहुँदासम्म हामी सरकारबाट निस्कदैनौं । आजको छलफलबाट पनि निर्णय त्यही नै हुन्छ।’ तर माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने आज समर्थन फिर्ता लिने प्रष्ट पारेका छन् ।

यता कांग्रेसलगायत गठबन्धनका अन्य दलहरु पनि माओवादी केन्द्रको निर्णय कुरेका छन् । पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी सरकारमा छन् ।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ ।

राप्रपा मात्रै मुख्यमन्त्रीको दल नेकपा एमालेको पक्षमा उभिएको छ । माओवादीले समर्थन फिर्ता लिएपछि अरु साना दलहरूले पनि फिर्ता लिने निश्चित छ । यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । र विश्वासको मत नपाएको अवस्थामा गिरी नेतृत्वको सरकार ढल्छ ।

त्यसपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । अहिलेको आठदलीय गठबन्धनसँग प्रदेशसभाको स्पष्ट बहुमत छ । कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा छन् ।

नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरिरहेका छन् । महरा पुष्पकमल दाहालको सचिवालयमा बसेर लामो समय काम गरेका नेता हुन् । उनी मुख्यमन्त्री बन्ने सहमतिमै रोल्पाबाट प्रदेशसभा निर्वाचन लडेका बताइन्छ ।

Tags: #लुम्बिनीमा गिरी सरकार#लुम्बिनीमा मुख्यमन्त्री#लुम्बिनीमा सरकार ढल्ने

लोकप्रीय

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर
ताजा समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.