लुम्बिनीमा गिरी सरकार ढल्ने दिन गिन्ती सुरु

९ चैत, काठमाण्डौ ।
लुम्बिनीमा नेकपा माओवादी केन्द्रले एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार गिरीलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

यसका लागि आज माओवादी प्रदेश संसदीय दलको बैठक बस्दै छ । दिउँसो १२ बजेपछि भैरहवामा बैठक बस्ने प्रदेश सरकारमा माओवादी केन्द्रबाट मन्त्री रहेका इन्द्रजित थारुले जानकारी दिएका छन् । बैठकमा प्रदेश सरकारबाट बाहिरिनेबारे छलफल हुने भए पनि आजै निर्णय नहुने उनको भनाइ छ ।

‘नयाँ गठबन्धनअनुसार केन्द्रबाट सातवटै प्रदेशको मुख्यमन्त्रीबारे निर्णय नहुँदासम्म लुम्बिनीमा सरकार फेर्ने प्रक्रिया सुरु हुँदैन’, उनले भने, ‘प्रक्रिया सुरु नहुँदासम्म हामी सरकारबाट निस्कदैनौं । आजको छलफलबाट पनि निर्णय त्यही नै हुन्छ।’ तर माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने आज समर्थन फिर्ता लिने प्रष्ट पारेका छन् ।

Advertisement

यता कांग्रेसलगायत गठबन्धनका अन्य दलहरु पनि माओवादी केन्द्रको निर्णय कुरेका छन् । पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी सरकारमा छन् ।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ ।

राप्रपा मात्रै मुख्यमन्त्रीको दल नेकपा एमालेको पक्षमा उभिएको छ । माओवादीले समर्थन फिर्ता लिएपछि अरु साना दलहरूले पनि फिर्ता लिने निश्चित छ । यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । र विश्वासको मत नपाएको अवस्थामा गिरी नेतृत्वको सरकार ढल्छ ।

त्यसपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । अहिलेको आठदलीय गठबन्धनसँग प्रदेशसभाको स्पष्ट बहुमत छ । कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा छन् ।

नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरिरहेका छन् । महरा पुष्पकमल दाहालको सचिवालयमा बसेर लामो समय काम गरेका नेता हुन् । उनी मुख्यमन्त्री बन्ने सहमतिमै रोल्पाबाट प्रदेशसभा निर्वाचन लडेका बताइन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top