×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

एसिया कप खेल्न भारत पाकिस्तान जादै नजाने

१० चैत्र २०७९

१० चैत,एजेन्सी ।
आगामी सेप्टेम्बरमा हुने तय एकदिवसीय एसिया कप पाकिस्तानमा हुँदैछ । तर पाकिस्तानमा एसिया कपमा सहभागि भारतबाहेकका टिमका मात्र खेल हुने भएको छ। क्रिक इन्फोका अनुसार भारत र पाकिस्तान एकअर्काविरुद्ध पाकिस्तान बाहिर खेल्न सहमत भएका छन्।

भारतको खेल हुने स्थानको तय भइसकेको छैन। युएई, ओमान, श्रीलंका र इङ्ल्यान्डमा एक सम्भावित आयोजना स्थल हुन् सक्नेछ । भारत र पाकिस्तानसँगै यस वर्षको एसिया कपमा ६ टिम भिड्दैछन्। एउटा समूहमा भारत, पाकिस्तान र एसिसी प्रिमियर कप विजेताबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement
Advertisement

एसिसी प्रिमियर कप आगामी महिना नेपालमा हुँदैछ। यसमा विजयी भए नेपालले भारत र पाकिस्तानसँग खेल्ने पक्का हुने छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको छ ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ।

यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।

यस्तै एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। फाइनल सहित १३ दिनमा कुल १३ खेल हुनेछन्। २०२२ को एसिया कपको ढाँचा अनुसार प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर ४ मा पुग्छन् र शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्छन्। यो ढाँचाअनुसार भारत र पाकिस्तानबीच तीन पटक खेल्ने सम्भावना कायमै छ। सुरक्षाका कारण देखाउँदै पाकिस्तानमा खेल्न भारतले अनाकानी गरिरहेको थियो।

एसिया कपको केही खेल पाकिस्तान बाहिर आयोजना गर्ने विकल्पका लागि एसियाली क्रिकेट काउन्सिल (एसिसी) का सदस्यहरूले गत साता दुबईमा आइसिसीको त्रैमासिक बोर्ड बैठक हुँदै गर्दा अर्को बैठक गरेका थिए।

Advertisement
Advertisement

जहाँ सबैभन्दा अनुकूलको विकल्पमा जान सैद्धान्तिक रूपमा सहमति भएको थियो। मार्चको मध्यमा बहराइनमा भएको एसिसी बैठकमा निर्णयमा पुग्न असफल भएपछि फेरि दुबईमा दुई चरणको अनौपचारिक छलफल भएको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top