Nepal Times
Nepal Times
3
Shares

विराट गोल्डकप: आज एपीएफ र भुटानको ड्रक लयुल भिड्दै

विराट गोल्डकप: आज एपीएफ र भुटानको ड्रक लयुल भिड्दै

११ चैत, विराटनगर ।
विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई ‘सडेनडेथ’मा हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले आर्मीलाई सडेनडेथमा ६–५ गोल अन्तरले हराएको हो । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिदाँ अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न सकेनन् ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको थियो । आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार गरेको बल पोस्ट बाहिर गएपछि आर्मीलाई ६–५ गोल अन्तरले हराउँदै जावलाखेलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

जावलाखेलका लागि विशाल तामाङले निर्णायक गोल गरे । त्यसअघि पेनाल्टीमा जावलाखेलका सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र विशाल तामाङले गोल गरेका थिए । यस्तै आर्मीका टंक बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच जावलाखेलका सीमान्त थापा भए । जावलाखेलले अब फाइनल प्रवेशका लागि घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ । यस्तै आज शनिबार तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।

१७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख यसवर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.