विराट गोल्डकप: आज एपीएफ र भुटानको ड्रक लयुल भिड्दै

११ चैत, विराटनगर ।
विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई ‘सडेनडेथ’मा हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले आर्मीलाई सडेनडेथमा ६–५ गोल अन्तरले हराएको हो । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिदाँ अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न सकेनन् ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको थियो । आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार गरेको बल पोस्ट बाहिर गएपछि आर्मीलाई ६–५ गोल अन्तरले हराउँदै जावलाखेलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

जावलाखेलका लागि विशाल तामाङले निर्णायक गोल गरे । त्यसअघि पेनाल्टीमा जावलाखेलका सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र विशाल तामाङले गोल गरेका थिए । यस्तै आर्मीका टंक बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच जावलाखेलका सीमान्त थापा भए । जावलाखेलले अब फाइनल प्रवेशका लागि घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ । यस्तै आज शनिबार तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।

१७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख यसवर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top