सामाजिक अभियन्ता तारा बरालको हेलमेट पत्रकार सम्मेलन

११ चैत्र,काठमाडौँ ।

सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरूको न्यायका लागि आफूहरू वैदेशिक रोजगार विभागमा जाँदा कुटाइ खानुपरेको बताउँदै हेल्मेट लगाएर पत्रकार सम्मेलन गरेकी छिन्। पीडितहरूको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताइन् ।

विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भए पनि पीडितको गुनासो कसैले पनि नसुनेको बताइन् ।

Advertisement

वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरू छन् । तर, पीडितहरूको सुनुवाइ गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यति धेरै निकाय हुँदा पनि किन यति धेरै पीडित छन् र, पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ’–उनले प्रश्न गरिन।

वैदेशिक रोजगार विभागमा पत्रकारहरूको क्यामेरासमेत लुटपाट भएको उनले बताइन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरू म्यानपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top