‘वार’ कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी

रक्षा मन्त्रालयले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्ने तयारी थालेको छ । यो खबर आजको कारोवार दैनिकमा छ ।

Advertisement

राष्ट्रिय क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षारप्रतिरक्षा सम्बन्धी अध्ययनर अध्यापान तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज र विश्वविद्यालय सरकारै लगानीमा सञ्चालन गर्ने रक्षाको कार्ययोजनामा उल्लेख छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो अल्पकालिन मध्यकालिन र दीर्घकालिन, कार्ययोजनामै वार कलेज र नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाकाा खाका अघि सारेको छ।

Advertisement

‘एक वर्षभित्र डिफेन्स कलेज र नेशनस डिफेन्स विश्वविद्यालय स्थापनाको प्रारस्भ सम्बधी योजना निर्माण गरिने छ।’ रक्षा मन्त्रालयले तय गरिएको खाकामा भनिएको छ, ‘नेशनल रिजनल र इन्टरनेशनल सेक्युरिटी सम्बन्धि उच्च अध्ययन नेपालमै सुरु भई राष्ट्रिय सुरक्षामा सकारात्मक प्रभाव पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिष्ठा समेत वृद्धि हुने छ।’,

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top