उड्नु अघि बुद्ध एयरको इन्डिकेटरमा समस्या

१३ चैत,काठमाण्डौ ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको हो । सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो ।

विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् । दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो ।

रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको प्रवक्ता सिटौलाले जानकारी दिए । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले विमानमा प्राविधिक समस्या आएको बताएका छन् । यात्रुहरुलाई अर्काे विमानको व्यवस्था गरेर भैरहवा पठाइएको उनले बताएका छन् ।

Advertisement

एकसाता अघि मात्रै पनि सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाज पुनः काठमाडौंमै अवतरण भएको थियो । शनिबार विहान ८ बजेर १३ मिनेटमा काठमाडौंबाट सुर्खेतका लागि उडेको जहाज निजगढको आकाशमाथि एक फन्को लगाएर पुनः काठमाडौंमा अवतरण गरेको थिया । यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि काठमाडौं फर्काइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top