प्रचण्ड सरकारमाथि बालेनलाई किन लाग्यो शंका ?

१४ चैत , काठमाडौं ।
राष्ट्रिय राजनीति, आफूसंग जोडिएका विषय होस् वा समसामयिक संदर्भ, काठमाडौं महानगरका मेयर बालेन्द्र साह सामाजिक संजालमा आफ्ना धारणा राख्ने गर्छन । कहिले ति कुरा उनका टिप्पणी वा आलोचनास्वरुप आउँछन् त कहिले कविता, गजल वा गीतका रुपमा लेख्छन् ।

अनि अधिकाँश समय प्रशंसक वा आलोचकहरुले घेरिएका बालेन कहिलेकाँही संघीय सरकार वा कुनै विशेष दल, नेता वा घटनाका बारेमा खुलेरै विरोध जनाउँछन् । पछिल्ला समय बालेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमाथि निशाना साधेका छन् ।

उनले काठमाडौंमा सरकार खोज्दै आइपुगेका मिटरब्याज पीडितहरुको संदर्भमा संघीय सरकारमाथि नै आशंका ब्यक्त गरेका छन् । तराईंका विभिन्न जिल्लाबाट १२ दिन पैदल हिँडेर सोमबार काठमाडौं आएका मिटरब्याजपीडित खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो ।

Advertisement

खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका छन् । खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भएको थियो । उक्त विषयमा प्रष्टीकरण दिँदै मेयर शाहले माइतीघरले न्याय नदिने बताएका छन् ।

’न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ सामाजिक सञ्जालमा मेयर शाहले भनेका छन्, ’पिडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ ।

Advertisement

यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो।’ उनले पिडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने बताए । खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले बताएका छन् ।

न्यायका लागि वर्षौँ लड्ने वातावरण नबनाइ केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्नेमा सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा बसाउनेगरी प्राथमिकतामा राखिएकोमा उनले आपत्ति जनाए । स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने पनि उनले बताए । उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यवद्धता रहेको पनि बताएका छन् ।

खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन भन्दै मेयर साहले फेसबुकमा लेखेका छन्, ‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’ यस्तै काठमाडौं महानगरले मिटरब्याज पीडितहरुको सुरक्षित बसाइका लागि अन्यत्र विकल्प दिएको तर उनीहरुले नमानेको मेयर साहले बताएका छन् ।

खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाव दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उनीहरु बालुवाटारतिर लागेको उनको भनाइ छ । आज बिहान मिटरब्याज पीडितहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासतर्फ अगाडि बढ्दै गर्दा प्रहरीले टंगालमा रोकेको छ ।

उनीहरुले टंगालको सडक क्षेत्रमै बसेर न्याय माग्दै नाराबाजी गरेका छन् । यस विषयमा हिजो मात्रै बालेनले सामाजिक संजालमै मिटर ब्याज पीडितहरुलाई आफूहरुले पशुपति जान अग्रह गरेपनि उनीहरुले खुल्लामन्च मै बस्न खोजेको भन्दै त्यसमा लागि उनीहरुलाई रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको बताएका थिए । मेयर बालेनले उनीहरुको माग प्रति एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उनीहरुका समस्या समाधानको लागि जोडदार माग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top