मर्यादाक्रममा प्रधानन्यायाधीशको घटुवा, बारको आपत्ति

१४ चैत, काठमाण्डौ ।
प्रधानन्यायाधीशलाई मर्यादाक्रमको पाँचौं नम्बरमा राखेर राष्ट्रिय सभामा पेस भएको राष्ट्रिय मर्यादाक्रम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति बारले आपत्ति जनाएको छ। नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशलाई राज्यको ४ नम्बरको मर्यादाक्रमबाट ५ नम्बरको मर्यादाक्रममा राखेर राष्ट्रिय सभामा पेस भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैर सरकारी विधेयकप्रति आपत्ति जनाएको हो।

बारले मर्यादाक्रमलाई परिमार्जन गरी सर्वोच्च अदालतको स्वतन्त्रतामाथि संकुचन ल्याउने उद्देश्य राखिएको आरोपसमेत लगाएको छ। बारकी महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा यस्तो आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘विधेयकका सम्बन्धमा यस एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई सो कार्यप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति जनाउँदछ। राज्यको प्रमुख अङ्गको रूपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको यस एसोसिएसनको ठहर छ । तसर्थ उक्त मस्यौदामा हुन गएको गम्भीर त्रुटिलाई यथाशीघ्र परिमार्जन गरी सच्याउन नेपाल सरकार, संघीय संसद् लगायत सरोकारवाला सबै निकायहरूको नेपाल बार एसोसिएसन ध्यानाकर्षण गराउँदछ।’

Advertisement

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले राष्ट्रिय सभामा उत्पत्ति भएको मर्यादाक्रमसम्बन्धी गैरसरकारी विधेयककले सरकारको आधिकारिक धारणाको प्रतिनिधित्व नगर्ने बताएको छ । सरकारले कार्यविधि बनाएर मर्यादा निर्धारण गर्दै आएको छ ।

त्यसलाई कानुन नै बनाएर सम्बोधन गर्ने गरी राष्ट्रिय सभामा रहेका सबै दलका प्रतिनिधिहरूले संयुक्त पमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक ल्याएका छन् । उक्त विधेयकका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

Advertisement

उनले लेखेका छन्, ‘ राष्ट्रियसभामा उत्पत्ति भएको मर्यादाक्रमसम्बन्धी प्राइभेट बिलले सरकारको आधिकारिक धारणाको प्रतिनिधित्व गर्दैन ।’ मर्यादाक्रममा पहिलो स्थानमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति तथा तेस्रोमा प्रधानमन्त्री रहेका छन् ।

यस्तै चौथोमा सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष, पाँचौँमा प्रधानन्यायाधीश रहेका छन् भने छैटौँमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष र पूर्वप्रधानन्यायाधीश रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top