×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृह नपाएको रास्वपा कुन मन्त्रालय माग्दैछ ?

१४ चैत्र २०७९

१४ चैत , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज सरकार विस्तार गर्ने तयारी गरेका छन् । यसका लागि गठबन्धनमा रहेकादलहरु आन्तरिक छलफलमा जुटेका छन् । गृह मन्त्रालय नपाएर सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनमा नरहेको बताएपनि पछिल्लो पटक पुनः सरकारमा सहभागि हुन लाग्दा पनि गृह नपाउँने भएको छ ।

गृहमा माओवादी, काँग्रेस र एकीकृत समाजवादीकै तेहोरो दाबी परेपछि रास्वपाले हात झिकेको हो । अब रास्वपाले भौतिक पूर्वाधार मन्त्रालयसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ । रास्वपा उपनिर्वाचनअघि नै सरकारमा सहभागी हुन खोजिरहेको छ । य

Advertisement

ता गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको नेतालाई दिन चाहेका छन् । दाहालले गृहको नेतृत्व नारायणकाजी श्रेष्ठ वा शक्ति बस्नेतमध्ये एकलाई दिने तयारी गरेको चर्चा छ । गृह माओवादीले नै राख्ने अवस्था आउँदा कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति जुटेको छ । रास्वपाको दाबी भौतिक पूर्वाधार भए पनि निर्णय भने भएको छैन ।

अघिल्लो सरकारमा सहभागी हुँदा राप्रपाले उपप्रधानसहित गृह मन्त्रालय लिएको थियो । पार्टी सभापति रवि लामिछानेनै नेतृत्व लिएर सरकारमा गएका थिए । तर उनको नागरिकता विवादमा सर्वोच्चले फैसला दिँदै सांसद पद खारेजी गरेपछि पार्टीले गृह मन्त्रालय गुमाएको थियो । यसैको विवादमा पार्टीले सरकार छाडेको थियो ।

अहिलेको सरकारमा गृह नपाउनेमा रास्वपा नेताहरू ढुक्क छन् । त्यकारण भौतिक मन्त्रालय अहिले रास्वपाको पहिलो रोजाइमा परेको छ । यस्तै शिक्षा, स्वास्थ्य वा श्रम मन्त्रालय पनि रास्पवा चाहन्छ । उसको रोजाइमा खेलकुद मन्त्रालय पनि परेको छ । पार्टीले अघिल्लो पटक सभापति लामिछानेसहित उपाध्यक्ष अर्याल, सांसद शिशिर खनाल र तोसिमा कार्कीलाई मन्त्री बनाएको थियो ।

यसपटक विराजभक्त श्रेष्ठ वा डीपी अर्यालकै नेतृत्वमा सरकारमा पठाउने विषयमा छलफल भए पनि निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले मंगलबारनै नयाँ मन्त्रीहरूले शपथग्रहण गर्ने जनाएका छन् ।

Advertisement

यसलाई अन्तिमरुप दिन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आजका लागि बैठक बोलाएका हुन् । अपराह्न ४ बजे बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top