×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एकल पुरुषलाई पनि भत्ता !

१८ भाद्र २०७५

इलाम — श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् ।

तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता ‘भाग्यमानी पुरुष’ छन्, जसले एकल महिलासरह मासिक भत्ता पाउँछन् । श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेकाका हकमा ६० वर्ष उमेर पुग्नुपर्नेछ ।

Advertisement
Advertisement

नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन् । यो वर्षका लागि नगरपालिकाले भत्ता वितरणका लागि छ लाख रुपैयाँ छुटयाएको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

‘एकल भएपछि पुरुषले पनि पाको हुँदै जाँदा हरेक समस्या झेल्नुपर्छ,’ नगर प्रमुख सूर्य पोख्रेलले भने, ‘नगरका कतिपय एकल पुरुषले गुनासो गरेपछि सामाजिक उत्तरदायित्वकै लागि यो निर्णय गरेका हौं ।’

Advertisement

नयाँ कार्यक्रम भएकाले भत्ता पाउने कति छन् भन्ने संख्या संकलन कार्य भइरहेको छ । यो महिनाको अन्त्यसम्ममा संख्या एकिन हुने नगरपालिकाले जनायो । २ सय यस्ता पुरुष रहेको अनुमान छ । यो रकमले अपुग भए थप गरेर भए पनि नमुनाका रूपमा यो कार्यक्रमलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top