नेप्सेमा आज २० अंकको गिरावट

१९ चैत, काठमाण्डौ ।

साताको अन्तिम कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २० अंकले घटेको छ। यस दिन नेप्से १.०५ प्रतिशतले घटेर १८८८.५५ बिन्दुमा बन्द भएको छ।यस अघि चैत १२ गते पनि नेप्से १८८८.२७ बिन्दुमा पुगेको थियो।सो पछि बढेको नेप्से आज पनि सोही बिन्दुमा पुगेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ पुगेको छ।

Advertisement

यस दिन २६० वटा धितोपत्रको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच भएको हो।आइतबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशतले बढेको छ।यसदिन उक्त कम्पनीको सेयरमूल्य २१३ रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ पुगेको छ।यसैगरी, यसदिन स्वावलम्बन लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.६१ प्रतिशतले घटेको छ।उक्त कम्पनीको सेयरमूल्य ८९९ रुपैयाँ ४० पैसा पुगेको छ।

Advertisement

यस्तै, ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को सेयरमूल्य ९.६० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९०४ रुपैयाँमा झरेको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र घटेको हो।

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले घटेको छ।आइतबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९२ रुपैयाँमा ५ करोड ५ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशतले बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको एक हजार ४१६ रुपैयाँमा ४ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top