मोरंगमा एकैदिन एसईईका ११६ नक्कली परीक्षार्थी पक्राउ

२३ चैत, विराटनगर ।
एसईई परिक्षा संचालन भईरहँदा मोरङमा एकै दिन ठूलो संख्यामा नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् । जिल्लाका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार आज मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा १ युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ । प्रहरीका प्रवक्ता दाहालका अनुसार प्रहरीले बुधबारबाटै परीक्षा भइरहेको केन्द्रमा सुक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो ।

Advertisement

यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट प्रहरीले अनुसन्धान सुरू गरेको उनले बताए । बुधबार खुल्लातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन् ।

मोरङका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख टंक गौतमले परीक्षा दिएका र पक्राउ परेकालाई कानुनी कारबाही हुने जानकारी दिए । पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उनले बताए ।

Advertisement

डिएसपी दाहालका अनुशार नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ । घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टङ्क गौतमको टोली पुगेको छ । परीक्षा भइरहेका बेला जाँचकीले प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेका थिए। तर भन्न नसकेपछि केरकार गर्दा उनीहरु नक्कली परीक्षार्थी रहेको फेला परेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top