विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथ यात्रा आज निकालिदैछ । धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको रथयात्राको यो ५१ औं संस्करण हो । यस रथ यात्रामा विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिता रहने गर्दछ ।
सोमबार दिउसो साढे ३ बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने रथयात्राको नेपाल र भारतका गरी लाखौ श्रद्धालुले अवलोकन गर्ने अनुमान छ । यात्राका लागि सम्पूर्ण तयारी पूरा भईसकेको छ भने रथलाई सिंगार पटार गरी तयारी अवस्थामा राखिएको छ ।
विराटनगरका केही समाजसेवी र श्रद्धालुहरुले वि.सं. १९८८ मा शुरु गरेको खटयात्राले अहिले भब्य रथा यात्राको रुप लिएको हो । विक्रम संम्बत २०२५ सालदेखि खट यात्रालाई रथ यात्राकोे रुपमा मनाउन थालिएको छ । यसपटक ड्रोन क्यामराबाट रथयात्राको सुरक्षा निगरानी गरिने भएको छ । यस्तै घोडाको बग्गी सहितको रथयात्रामा सांस्कृतिक नृत्यसहित ६८ वटा टोलीले झाँकीहरु प्रस्तुत गर्नेछन ।