×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

गगनको ‘मिसन पिएम कठघरा’

२४ चैत्र २०७९

२४ चैत, काठमाण्डौ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भारी मतान्तरकासाथ महामन्त्री बनेका गगन थापा त्यसयता प्रधानमन्त्री बन्ने दौडाहामा लागे । यसका लागि मंसिरको चुनावपछि भएको संसदीय दलको नेतामा उनले सभापति शेरबहादुर देउवासंग प्रतिष्पर्धा नै गरेका थिए ।

तर हार व्योहोरेपछि हाललाई गगनको प्रधानमन्त्री बन्ने बाटो छेकिएको छ । यद्यपी त्यसको तयारीस्वरुप सरकार संचालन, गुड गभर्नेन्सको गृहकार्य भने उनले जारी राखेका छन् । प्रधानमन्त्री बन्ने हुटहुटीमा देखिएका गगन पछिल्लो भाषणहरु वा अन्तरक्रियामा प्रधानमन्त्री र सरकारबारे खुलेरै टिकाटिप्पणी, आलोचना र सुझाव दिन थालेका छन् ।

Advertisement
Advertisement

सत्ता सहयात्री भएपनि गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको नेतृत्वको मन्त्रीमण्डललाई हिजोआज राम्रो काम गर्न टिप्स नै दिन थालेका छन् । उनी कहिले प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई सार्वजनिकरुपमा नदेखिकनै काम गर्न सुझाउँछन्, त कहिले प्रधानमन्त्रीलाई धेरै फुर्सदमा देखेको भनेर आलोचना गर्छन् ।

आज पनि महामन्त्री थापाले प्रचण्ड नेतृत्वको सरकारको आलोचना गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयका क्रममा बोल्दै महामन्त्री थापाले प्रचण्ड गठबन्धन दलको साझा प्रधानमन्त्री हुन नसकेको टिप्पणी गरे । प्रचण्डको उद्घाटन, शिलान्यास र भाषण मोहतिर कटाक्ष गर्दै उनले प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद रहेको पनि उल्लेख गरे ।

’हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ? उद्घाटन, शिलान्यास र भाषणमा समय ब्यतित गरिरहनु भएको छ’, उनले भने, ’म चकित परिरहेको छु।’ उनले प्रचण्ड गठबन्धन दलको प्रधानमन्त्री भएकाले एक्लै हिँड्न खोज्नु ठिक नहुने पनि बताए । ’प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन।

प्रधानमन्त्रीका लागि सबैभन्दा महत्वपूर्ण प्रधानमन्त्रीको कार्यालय हो’, उनले थपे, ’प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ। टिमलाई चलाएर अघि बढ्नुपर्छ। तर अहिलेसम्म त्यस्तो देखिएन।’ उनले अवकाश हुन ३ महिना मात्रै बाँकी छँदा सञ्चार मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्याललाई सरकारले जगेडामा राखेकोप्रति पनि आपत्ति प्रकट गरे ।

थापाले ्रचण्डलाई गठबन्धनको नेता भएर बस्ने समय छोट्याउन पनि भने । ’प्रधानमन्त्रीले गठबन्धनको नेताका रुपमा बैठक बस्ने समय छोट्याउनुपर्छ’, उनले भने, ’उहाँले आफ्नो दलको नेता हुने कुरा बिर्सिए हुन्छ । प्रधानमन्त्री त प्रधानमन्त्री जस्तो हुनुपर्यो तर त्यस्तो हुन सकेको छैन।

’ उनले गठबन्धन सरकार बनेको चार महिना पुग्न लाग्दा पनि जनताको निराशा कम नभएको बताए ।’जनता यति धेरै निराश छन्, आत्तिएका छान्’, उनले भने, ’तर सरकारले उत्साहित बनाउन सकेन, भरोसा दिलाउन सकेन।’ गगनले साझा न्यूनतम कार्यक्रम आइसकेकाले प्रधानमन्त्रीले अब ६ महिना मात्रै समय छ भनेर काम गर्नुपर्ने बताए ।

मिटरब्याजी सहितविरुद्ध सरकार निर्मम हुनुपर्ने पनि बताए ।यस्तै दूरसञ्चार प्राधिकरणले नेपालका सबै सूचना टर्की पु¥याउने गरी टेरामिक्स नामको प्रविधि खरिद गरिएकोमा पनि प्रश्न उठाएका छन् । बैठकमा दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै महामन्त्री थापाले दूरसञ्चारसम्बन्धी कानुन नबन्दै सबै सूचना नेपालबाहिर पु¥याउने गरी प्रविधि भित्राउन हतारिनु ठीक नभएको बताए ।

Advertisement

यस्तै उनले प्रधानमन्त्रीलाई निर्देशन र घोषणामा नअलमलिन सुझाव दिए । परिणाम दिने गरी काम गर्ने कुरामा प्रधानमन्त्रीको टिम र प्रधानमन्त्री कार्यालय कस्तो छ भन्ने कुराले अर्थ राख्ने बताए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top