बालेनले खोले संघ सरकारमाथि फायर, भने सरकारको इज्जत गर्दिनँ

२५ चैत,काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संघ सरकार र राजनीतिक दलका नेताहरूप्रति फेरि आक्रोष पोखेका छन् । उनले आज विहानै सामाजिक संजालमार्फत आफ्नो आक्रोश पोखेका हुन् । बालेनले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् । मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, ’आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

बालेनले राजनीतिक दलहरूबाट आफूले सहयोग नपाउने गरेको बताउँदै आएका छन् । केही समयअघि उनले आफूलाई राजीनामा गर्न बाध्य पारिरहेको सामाजिक सञ्जालमार्फत् बताएका थिए । यसैबीच एमाले महासचिवले मेयर शाहको अभिव्यक्ति नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको संकेत गर्ने बताएका छन् ।

जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने महासचिव पोखरेलको भनाइ छ । उनले ट्विटरमा मेयर शाहको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, ’मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’

यता बालेनले भने आक्रोशित हुँदै एकपछि अर्को स्टाटस पोष्ट गरेका छन् । उनले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् । त्यसैले उनले आफु भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् । उनले नेपाल कहिले स्वाधिन हुने भन्दै प्रश्न समेत गरेका छन् ।

आफनो अस्तित्व कहिले बनाउने भन्दै लाज लाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘ चीन र भारतले बनाएको सरकारको इज्तत गर्दिन म नेपाल स्वाधिन कहिले हुने? आफनो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’ काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top