शाहरुख खान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति

२५ चैत, एजेन्सी ।
बलिउड अभिनेता शाहरुख खान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति घोषणा भएका छन् । प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले ‘टाइम हन्ड्रेड पोल’ शाहरुखलाई पहिलो नम्बरमा राखेको हो । एलन मस्क, लियोनल मेस्सी, जस्ता चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई समेत उछिन्दै शाहरुखले प्रभावशाली व्यक्तिको उपाधि जितेका हुन् ।

बलिउडका ठूला स्टारमध्ये एक शाहरुखले अहिलेसम्म १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । शाहरुखपछि उक्त सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरूलाई राखिएको छ । तेस्रो र चौथो स्थानमा क्रमशः प्रिन्स ह्यारी र मेगन मर्केल छन् भने पाँचौँ स्थानमा फुटबल खेलाडी मेस्सी छन् ।

यी बाहेक हलिउड अभिनेत्री मिशेल योहले पनि यो सूचीमा स्थान बनाएकी छिन् । यसपछि सेरेना विलियम्स, फेसबुकका सीईओ मार्क जुकरबर्ग र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पनि यो सूचीमा परेका छन् । रिपोर्टका अनुसार यस पोलमा करिब १२ लाख मानिसले भोट दिएका थिए र सबैभन्दा धेरै भोट पाएर शाहरुख शीर्ष स्थानमा रहेका हुन् ।

Advertisement

म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ । दिलवाले दुल्हनियाँ ले जाएँगे र कुछ कुछ होता है जस्ता फिल्मबाट शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइमले जनाएको छ ।

शाहरुखको पछिल्लो फिल्म ‘पठान’ले विश्वव्यापी १३० मिलियन डलर कमाएको समेत उल्लेख छ । यो सूचीको पूर्णपाठचाहिँ टाइम म्यागजिनले अप्रिल १३ मा सार्वजनिक गर्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top