कांग्रेस उम्मेदवारको गाडी एम्बुसमा पर्यो, उम्मेदवारसहित ४ गम्भीर घाइते

१२ मंसिर ७४, बुधबार

उदयपुर–     उदयपुरमा   अज्ञात समूहले राखेको एम्बुस (विद्युतीय धराप) परी उम्मेदवारसहित चार जना गम्भीर घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रमाण श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ४ जना गम्भीर घाइते भएका हुन् ।

बुधबार बिहान उदयपुरगढी गाँउपालिका ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार नारायणबहादुर कार्की, काँग्रेसका कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भिर घाइते भएको श्रेष्ठले बताए ।

Advertisement

‘एम्बुस थापी आक्रमण भएको जानकारी आएको छ,’ प्रजिअ श्रेष्ठले भने, ‘चारै जना गम्भिर घाइते भएकाले काठमाण्डौबाट उद्धारको लागि हेलिकप्टर मगाइएको छ ।’

घटनालगत्तै  जिल्लाको सुरक्षा समितिको बैठक समेत बस्दै छ । जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी प्रजिअ श्रेष्ठले जानकारी दिए । स्थानीय बासीका अनुसार गाडी पूर्ण रुपमा क्षति भएको छ ।

यसैबीच        बुटवल उपमहानगरपालिका–८ वेश क्याम्पस्थित देवदह नगरपालिका–५ शितलनगरका गंगाप्रसाद उपाध्यायको मोटरसाईकल पार्टस पसलबाट २ सय ५० थान इलेक्ट्रिक कमर्सियल डेटोनेटर मंगलबार प्रहरीले बरामद गरेको छ ।
उक्त पसलमा अपरिचित व्यक्तिले झोला छाडेर गएको भन्ने पसल संचालकले जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटी गएको प्रहरीले झोलामा राखेको अवस्थामा उक्त डेटोनेटर फेला पारी बरामद गरेको हो ।
यस्तै रुपन्देहीको  सिद्धार्थनगर नगरपालिका–७ नयाँसडकस्थित सिद्धार्थ राजमार्गमा कालो कपडाले बेरेको पोकामा तार बाहिर निकालेको अवस्थामा मंगलबार फेला परेको टाइम बम प्रहरीको समन्वयमा नेपाली सेनाको रणचण्डी गण भैरहवाबाट खटि गएको टोलीले डिस्पोज गरेको छ ।
मकवानपुर ः मनहरी गाउँपालिका–१ चकरीमकरीस्थित कच्ची बाटोको बिचमा मंगलबार फेला परेको विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top