खाने मामलामा डा. सुनील वाहेक सबै एक

२७ चैत,काठमाडौं ।
काठमाडौंमा घर नहुने सांसदले घरभाडा बुझ्नु एउटा कुरा, घर हुने सांसदले समेत घर मर्मतसम्भार शिर्षकमा संसद सचिवालयबाट रकम बुझ्ने गरेको तथ्य खुलेपछि सांसदहरू आलोचित भएका छन् ।अरु त अरु विश्वका अर्बपतिमध्ये १९२९औं स्थानमा रहेका व्यापारी विनोद चौधरीले समेत घर मर्मतसम्भार भन्दै मासिक नौ हजार बुझ्ने गरेका छन् ।

Advertisement

उनी नवलपरासी–१ बाट निर्वाचित कांग्रेस सांसद हुन् । एक समय उनी एमालेका समानुपातिक सांसद थिए ।आफूलाई धेरै क्रान्तिकारी र लोकतान्त्रिक बताउने सांसदबीच बरु एक डा. सुनील शर्माले भने घरभाडा र मर्मतसम्भार, कुनै शीर्षकमा रकम बुझेका छैनन् ।

संसद सचिवालयलाई लिखित पत्र दिएर नै आफूलाई कुनै पनि फजुल सुविधामात्र होइन पारिश्रमिक समेत आवश्यक नपर्ने जानकारी उनले गराएका थिए । उनी मोरङ–३ बाट निर्वाचित कांग्रेस सांसद हुन् ।संसद सचिवालयले शिर्षकैपिच्छे भन्दा पनि मुष्ठ रकम सांसदको खातामा जम्मा गरिदिने भएकाले सांसद आफैंले सुरुमा भरेको विवरणका आधारमा घरभाडा वा मर्मतसम्भारका नाममा रकम गएको देखिन्छ ।

Advertisement

यस सन्दर्भले सादगी सोचका कयौं सांसदलाई समेत विवादित बनाउन त खोजेको छ तर कसैले पनि सुनील शर्माले जसरी म फजुल सुविधा लिन्न, मलाई त्यो रकम आवश्यक छैन भन्ने आँट भने गर्न सकेका छैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top