×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

रूस–युक्रेन युद्धबारे अमेरिकी गुप्तचर कागजात लिक

२८ चैत्र २०७९

२८ चैत ,एजेन्सी ।
रणनीतिक हिसाबले महत्वपूर्ण रहेका हरेक सानाठूला मुलुकको चियोचर्चा र सूचना संकलन गर्ने अमेरिकाको आफ्नै महत्वपूर्ण गुप्तचरका कागजातहरु लिक भएको छ । यसले अमेरिकी सरकारको होस उडाएको छ भने यो घटनाले विश्वभर पनि चर्चा पाइरहेको छ ।

किनभने ति लिक भएका डकुमेन्टमा आफ्ना विरोधीदेखि सहयोगीमाथि अमेरिकाले गर्ने जासुसी र युक्रेन–युद्धको महत्वपूर्ण विवरण समावेश थिए । साथै चीन र अमेरिकी सहयोगीहरूको बारेमा संवेदनशील जानकारी समावेश छ । अमेरिकाले अहिले यो कागजात कसरी चुहावट भयो भनेर स्रोतको खोजी गर्ने प्रयास थालेको छ ।

Advertisement
Advertisement

ट्विटरलगायतका अन्य सोसल मिडिया प्लेटफर्महरुमा सेयर भइरहेका यी कागजातहरुको चुहावटबारे छानबिन गर्न न्याय मन्त्रालयलाई आग्रह गरेको पेन्टागनले आइतबार जनाएको छ । यी कागजातहरू अमेरिकी सेनाको संयुक्त चिफ अफ स्टाफका अध्यक्ष एवं सेना प्रमुख जनरल मार्क ए मिली र अन्य वरिष्ठ सैन्य अधिकारीहरूका लागि उनीहरु समक्ष तयार पारिएको देखिएको अलजिजराले लेखेको छ ।

यसमा चार्ट, नक्सा र फोटोग्राफहरु समेत समावेश रहेको छ । यी कागजातमा युक्रेन, चीन, मध्यपूर्व र अफ्रिकासँग सम्बन्धित गुप्तचर जानकारी समावेश रहेको बतााइएको छ । यो लिकले वासिंगटनले युक्रेन, दक्षिण कोरिया र इजरायललगायतका आफ्ना नजिकका सहयोगीहरूमाथि जासुसी गरिरहेको विषयसमेत उजागर गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन शासनका लागि यो लज्जास्पद कुरा हो । कागजातहरूले युकेन युद्धक्षेत्रमा भएको सैन्य क्षतिको विवरणमा क्षति कम देखाएको छ । बीबीसीले आफूले २० भन्दा बढी कागजातहरू हेरेको जनाएको छ । त्यसमा युक्रेनलाई उपलब्ध गराइएको प्रशिक्षण र उपकरणहरूको विस्तृत विवरणहरू रहेको छ ।

अमेरिकी अधिकारीहरूले रोयटर्ससँग यी कागजातहरू कहाँबाट लिक भएको भन्ने लुकाउन र अमेरिकी सुरक्षा हितलाई हानी पुर्याउने किसिमले फेरबदल गरिएको हुनसक्ने सम्भावना रहेको समेत बताएका छन् । युक्रेनी राष्ट्रपतिको कार्यालयले लिक कागजातहरूमा ठूलो मात्रामा काल्पनिक विवरण रहेको र रूसी भ्रामक सूचना प्रसारण अभियानको संकेत रहेको भनेको छ ।

गोप्य भनिएको फेब्रुअरी २३ को एक कागजपत्रमा अहिलकै दरमा भण्डारणको अवस्थाबाट गुज्रिने हो भने मे महिनासम्म युक्रेनी वायु रक्षा प्रणाली गोलाबारुदविहीन हुने विषय उल्लेख छ । यस्तै, एक अर्काे कागजतपत्रले इजरायलको मोसाद गुप्तचर एजेन्सीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विवादास्पद कानुनी फेरबदलविरूद्ध विरोध प्रदर्शनलाई प्रोत्साहित गरेको उल्लेख गरेको छ ।

आइतबार नेतान्याहूको कार्यालयले यो विषय तथ्यहीन भएको भनेको छ । अर्को कागजातमा वरिष्ठ दक्षिण कोरियाली अधिकारीहरूले युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिकी दबाबले लडाइँ गरिरहेका देशहरूलाई हतियार निर्यात नगर्ने सोलको नीतिको उल्लङ्घन भएको भनेको विषय उल्लेख छ ।

आइतबार दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका एक अधिकारीले लिक भएका कागजातहरूको बारेमा रिपोर्टहरू स्वीकार गर्दै यो मुद्दा वासिंगटनसँग उठाउने बताएका छन् । कागजातहरुमा अमेरिकाले युद्धमा एक लाख ८९ हजार ५०० देखि दुई लाख २३ हजार रूसी सेना र एक लाख २४ हजार ५०० देखि एक लाख ३१ हजार युक्रेनी सैन्य क्षतिको विवरण उल्लेख गरेको छ ।

Advertisement

अमेरिकी रक्षा मन्त्रालयका गोप्य कागजातहरु लिक हुनुले राष्ट्रिय सुरक्षाको लागि धेरै गम्भीर जोखिम भएको पेन्टागनले जनाएको छ । पेन्टागन संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय भवन हो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top