वृद्धको पेट भित्र कसरी पस्यो सिंगै बोतल ?

३० चैत, काठमाण्डौ ।
पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीका एक वृद्धको पेटभित्र रक्सीको सिंगै बोतल भेटिएको छ। धनगढीको फूलबारीका ६१ वर्षीय जमानसिंह रोक्कामगरको पेटमा रक्सीको बोत्तल फेला परेको हो। बिहीबार उनी पेट दुखेको भन्दै सेती प्रादेशिक अस्पताल गएका थिए।

Advertisement

तर उनको एक्सरे गर्दा पेटभित्र बोत्तल भेटिएको हो। दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले मलद्वारबाट बोत्तल घुसाइिदएको बिरामीलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले बताएका छन् । यस विषयमा विस्तृत विवरण भने आइसकेको छैन।

रोक्काको अस्पतालमा उपचार भइरहेको छ।पेट भित्र सिंगै बोतल भेटिएको यो पछिल्लो समयको दोस्रो घटना हो । यसअघि फागुनमा रौतहटको चन्द्रपुर नगरपालिका–१० बस्ने २६ वर्षीय नर्साद मन्सुरीको पेटबाट एटएटफोरएट(8848) नामक रक्सीको सिंगो बोतल नै शल्यक्रिया गरेर डाक्टरले निकालेका थिए । नुर्सादको पेट दुखेपछि उनका बुवाले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए।

Advertisement

तर, नुर्सादको पेट दुख्न कम नभएपछि चन्द्रपुरमै रहेको चन्द्रपुर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएपछि डाक्टरले एक्सरे गर्दा पेटभित्र सिंगो रक्सीको बोतल नै भएको पाएपछि थप उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरहरूले अप्रेसन गरेर नुर्सादको पेटबाट रक्सीको सिंगो बोतल निकालेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top