विराटनगर,भदौ १८
विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथ यात्राको ५१ औं संस्करणको रथ आज निकालिएको छ ।आज दिउँसो ४ बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथ ताजा अबस्थामा विराटनगरको शनिमन्दिरमा आइपुगेको छ ।
धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको यस रथयात्रा रथ यात्रामा विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिता रहको छ ।विराटनगरका केही समाजसेवी र श्रद्धालुहरुले वि.सं. १९८८ मा शुरु गरेको खटयात्राले अहिले भब्य रथा यात्राको रुप लिएको हो । विक्रम संम्बत २०२५ सालदेखि खट यात्रालाई रथ यात्राकोे रुपमा मनाउन थालिएको छ ।
यसपटक ड्रोन क्यामराबाट रथयात्राको सुरक्षा निगरानी गरिएको छ ।रथयात्राको मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरेका थिए ।