×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

अमिताभले हात जोड्दै ट्विटरसँग फिर्ता मागे ‘ब्लु टिक’

९ बैशाख २०८०

९ वैशाख, एजेन्सी।
अर्बपति एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्विटरले कम्पनीको नियमानुसार पैसा नतिर्ने प्रयोगकर्ताको ‘ब्लु टिक’ धमाधम हटाउन थालेको छ । कम्पनीको नयाँ नीतिअनुसार मासिक ८ डलर नतिर्ने प्रयोगकर्ताको ‘ब्लु टिक’ ट्विटरले शुक्रबारदेखि हटाउन थालेको हो ।

यसैक्रममा पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पनि ‘ब्लु टिक’ गुमाएका छन् । विश्वमै सबैभन्दा धेरै फ्यान, फलोइङ भएका पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि ट्विटरको ब्लु टिक गुमाएका हुन् । हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल स्टार रोनाल्डोले मासिक ८ डलर नतिरेपछि ब्लु स्टिक हटाइएको हो ।

Advertisement
Advertisement

ट्विटरमा रोनाल्डोका १०८ मिलियन फलोअर रहेका छन् । ट्विटरले कयौँ ठूला सेलिब्रिटीहरुको पनि ‘ब्लु टिक’ हटाएको छ । ‘ब्लु टिक’ खोसिनेको सूचीमा बलिउड स्टारदेखि नेपालका प्रधानमन्त्रीसमेत रहेका छन् । बलिउडतर्फ अमिताभ बच्चन, सलमान खान, शाहरुख खान र अक्षय कुमार जस्ता कयौँ सुपर स्टार पनि छन् ।

बलिउडमा बिग बीका नाममा परिचित अमिताभ ट्विटरमा धेरै सक्रिय हुने सेलिब्रिटी हुन् । उनी ट्विटरमा लागतार आफ्ना विचार राखिरहेका हुन्छन् । ट्विटरमा सक्रिय भइरहने उनले शुक्रबार गरेको एउटा ट्विट अहिले भाइरल भइरहेको छ । एलन मस्कले एक महिनाअघिनै ‘ब्लु टिक’का लागि पैसा तिर्नुपर्ने बताइसकेका छन् ।

यस्तोमा जस जसले डलर तिरेका छन् उनीहरुको ‘ब्लु टिक’ यथावत छ । तर पैसा तिरेर पनि आफ्नो ‘ब्लु टिक’ खोसिएको भन्दै अमिताभले भने ट्विटरसँग गुनासो गरेका छन् । ’ए ट्विटर भाइ । सुनिरहेका छौँ? अब त पैसा पनि पठाइदिइसकेँ मैले… त्यसैले जुन निल कमल हुन्छ नि, हाम्रो नामअगाडि, त्यो त अब फिर्ता गरेर लगाइदेऊ भाइ, ताकि मानिसले मलाई म नै अमिताभ बच्चन हो भन्ने चिनुन् ।

हात पनि जोडिरहेको छु तिम्रासामु। अब अझै खुट्टा पनि जोड्नुपर्ने हो र?’ अमिताभ बच्चनको यो व्यंग्यसहितको ट्विट प्रयोगकर्ताहरुले निकै मन पराएर सेयर गरिरहेका छन् । बलिउडमा ‘ब्लु टिक’ हट्नेहरुको सूचीमा शाहरुख खान, सलमान खान, अमिताभ बच्चन, आलिया भट्ट, अभिषेक बच्चन, ऋतिक रोशन, बिपाशा बसु, अर्जुन रामपाल, अनुष्का शर्मा र फराह खानसहित कयौँ स्टार छन् ।

बलिउडमा अहिले पनि अनुपम खेर र सोनम कपुरको ‘ब्लु टिक’ कायमै छ । नेपालमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को अकाउन्टको पनि चेकमार्क हटेको छ । प्रचण्डले प्रयोग गर्दै आएको पीएमओनेपाल एकाउन्टको चेकमार्क खोसिएको हो । त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अकाउन्टको पनि चेकमार्क हटेको छ ।

यसअघि नै लागु भइसकेको ब्लु चेकमार्क भेरिफिकेसनका लागि पैसा नतिर्ने सबैको चेकमार्क ट्विटरले खोसिदिएको हो । एलन मस्कले किनेपछि यसअघि नै ट्विटरले ब्लु चेकमार्कका लागि मासिक ८ डलर तिर्ने नियम ल्याएको थियो । तर लाखौँ प्रयोगकर्ताले ब्लुट टिकका लागि पैसा नतिरेपछि चेकमार्क हटाइदिएको हो ।

ट्विटरले पैसा नतिर्ने व्यक्ति, संस्थादेखि मिडिया कम्पनीहरुसमेतको ब्लु टिकमार्क हटाएको छ । ट्विटरले व्यवसायलाई सब्क्रिप्सनबिना गोल्डेन चेकमार्क दिने गरेको छ । सरकारी एकाउन्टलाई खैरो चेकमार्क दिने गरिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top