×

NEPAL TIMES UPDATES

Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडपः ८१ सेल अश्रुग्यास प्रहार, १० जना घाइते

९ बैशाख २०८०

९ वैशाख, विराटनगर ।
नामको विषयलाई लिएर कोशी प्रदेश फेरि तनावग्रस्थ बनेको छ । पहिचान पक्षधरहरुले शनिबार विराटनगरमा प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलन गरेका छन् । सो क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ।

उनको अन्त्यष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जलीसभामा झडप भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि भीड भड्किएको हो। आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ ।

मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।झडपका क्रममा १० जना घाइते भएका छन् । नेपाल प्रहरीका तीन, सशस्त्र प्रहरीका तीन र अन्य आन्दोलनकारी गरी १० जना घाइते भएका छन् ।

घाइतेहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले भीडलाई तितरबितर गर्न ८१ सेल अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि पेट्रोल बम प्रहार गरेपछि प्रहरीले असुर अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख दीपक पोखरेलले बताएका छन् ।

अहिले बजार क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ । बेलबारीमा अन्त्यष्टि गर्नुअघि पदमको शवयात्रासँगै धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । सरकारले उनलाई सहिद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी हुँदैछ । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको बृहत् प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो । टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गरेका थिए ।

लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । तर संघर्ष समितिले प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताइरहेका थिए । विभिन्न पक्षको छलफलपछि एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका हुन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top