×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

२३ मंसिर २०८२

२२ मंसिर , काठमाण्डौ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन हो । लिग चरणका सबै खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत अब भोलि मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ ।

अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । हिजो त्रिवि क्रिकेट रंगशालामा लिग चरणको अन्तिम खेलमा अघिल्लो संस्करणको बिजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोचक जित निकालेको छ ।

अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४ अंक जोडेर कर्णाली छैटौं स्थानमा छ । साविक विजेता जनकपुर भने २ अंकसहित पुछार अर्थात् आठौं स्थानमा पुग्यो । जनकपुरले एक खेलमा मात्र जित निकाल्न सक्यो ।

लिग चरणका खेलहरु सकिँदा अंक तालिकामा सुदूरपश्चिम रोयल्स ७ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेर शीर्ष बन्यो । दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजले ५–५ जीत निकाल्दै १० अंक जोडे । रनरेटमा भने विराटनगर अघि रह्यो ।

चौथो बनेको लुम्बिनीले ४ खेलमा जित र ३ खेलमा हार बेहोर्दै ८ अंक जोडेको छ । अंक तालिकामा पोखरा एभेन्जर्स पाँचौ भएको छ । उसले ६ अंक जोडेको छ । चितवन राइनोज पनि ४ अंकसहित सातौं स्थानमा छन् ।

अब भोली हुने खेलको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले आउँदो बिहीबार हुने दोस्रो क्वालिफायरमा मौका पाउनेछ । पर्सि काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

दोस्रो क्वालिफायरको विजेता पनि आउँदो २७ गते शनिबार हुने फाइनलमा पुग्नेछ । अहिलेसम्मको खेल हेर्दा सुदूरपश्चिम र विराटनगरलाई नै फाइनलको दाबेदार मानिएको छ । सुदूरपश्चिम रोयल्सले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

टोली लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिम आफ्नो अन्तिम खेलमा भने विराटनगरसंग ६ विकेटले पराजित भएको हो । गत सिजन पनि टोली लिग चरणपछि समान अंक बटुलेर शीर्ष स्थानमा रहेको थियो ।

टोलीले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा जनकपुरले टोलीलाई स्तब्ध पार्दै उपाधि हात पारेको थियो । यता गत सिजनको तुलनामा विराटनगर किंग्स्ले यो सिजन सुधारिएको प्रदर्शन गरेको छ ।

गत सिजन टोली लिग चरणपछि छैटौं स्थानमा सिमिति बनेको थियो । सात खेलमा मात्र २ खेल जितेर टोलीले ४ अंक मात्र बटुल्न सकेको थियो । यो सिजन भने टोलीले ७ मध्ये ५ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

१० अंक बटुलेर नेट रनरेटको आधारमा समान अंक बनाएको काठमाडौं गोर्खाजलाई पछि पार्दै टोलीले दोस्रो स्थान ओगट्न सफल भयो । विराटनगरले यो सिजन पहिलो तीन खेलमा पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सलाई हराउँदै राम्रो सुरुवात गरेको थियो ।

चौथो खेलमा भने चितवन राइनोजसंग ४८ रनले स्तब्ध बनेपनि अर्को खेलमा भने कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो । तर फेरि छैंटौं खेलमा विराटनगर लुम्बिनी लायन्ससंग ५ विकेटले पराजित भयो ।

अन्तिम खेलमा अपराजित सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै टोलीले सशक्तरुपमा लिग चरण अन्त्य गर्यो । अब भोली हुने पहिलो क्वालिफायरले सुदूरपश्चिम र विराटनगरमध्ये एउटालाई सिधै फाइनलमा लैजाने छ ।

त्यसो हुँदा भोलीको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । यसबीच सुदुरपश्चिम रोयल्सले नयाँ खेलाडी भित्र्याएको छ । उसका दुई अष्ट्रेलियन स्टार खेलाडीहरु जोस ब्राउन र क्रिस लिन प्लेअफ अगाडि नै घर फर्किएपछि रोयल्सलाई नयाँ विदेशी खेलाडी खोज्नुपर्ने भएको हो ।

रोयल्सले विदेशी खेलाडीको एक रिक्त स्थानमा सेल्डन फिलिप ज्याक्सनलाई अनुवन्धित गरेको छ । उनी भारतीय खेलाडी हुन् । ज्याक्सनसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव भने छैन । उनले फस्र्ट क्लासका १०६ म्याच खेलेको अनुभव छ, जसमा उनले २१ शतक र ३९ अर्धसतक बनाएका छन् ।

सन् २०१२–१३ को रणजी ट्रफी सिजनमा उनले चार अर्धशतक र तीन शतक हान्दै सनसनीपूर्ण प्रदर्शन गरेका थिए । ३९ वर्षिय ज्याक्सनले आइपीएलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका छन् ।

उनी विकेटकिपर ब्याट्सम्यान हुन् । आइपीएलमा भने उनी सफल हुन सकेनन् । २०१७ देखि २०२२ सम्म ९ म्याचमा अवसर पाउँदा कुल ६१ रन मात्रै जोडेका छन् । सेल्डनले यसै वर्ष व्यवसायीक क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top