×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रवि बने देशभरकै अब्बल उम्मेदवार

१२ बैशाख २०८०

१२ वैशाख , काठमाण्डौ ।
चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले सर्वाधिक मत र मतान्तरसहित शानदार जित हासिल गरेका छन् । उनले चितवनमा हासिल गरेको मत मंसिर ४ र बैशाख १० मा भएको चुनावको सर्वाधिक बढी हो । यस्तै उनले आफ्ना प्रतिस्पर्धीलाई यसअघि आफूले पराजित गरेको मतान्तरको कीर्तिमान पनि तोडेका छन् ।

रविको यो जितले उनलाई प्रतिनिधिसभामा पुगेका सदस्यहरु मध्ये सबैभन्दा श्रेष्ठ र अब्बल सावित गरिदिएको छ । रविले ५४ हजार १७६ मत ल्याएका छन् । यसअघि मंसिर ४ को चुनावमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए । यो क्षेत्रमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११२१४ र एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याएर क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् । रविले मतान्तरमा पनि कीर्तिमान बनाएका छन् ।

Advertisement
Advertisement

उनले ४२ हजार ९६२ मतान्तर सहित जित निकालेका हुन् । मंसिरको निर्वाचनमा उनले कांग्रेस–एमाले उम्मेदवारसँग ३४३१२ मतान्तर बनाएका थिए । रविले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको कीर्तिमान पनि तोडेका छन् । ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए ।

लामिछानेले त्यसलाई तोड्दै सर्वाधिक लोकप्रिय जित हासिल गरेका हुन् । चितवन २ मा भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको छ । निर्वाचन आयोगले दिएको अन्तिम तथ्यांकअनुसार मतदानमा ६२.७७ प्रतिशत मत खसेको हो ।मंसिर ४ मा ६७ दशमलव ६३ प्रतिशत मत खसेको थियो ।

उपनिर्वाचनमा रविसँगै अर्का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ १ बाट जित हासिल गरिसकेका छन् । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा बारा २ मा भने रास्वपाका रमेश खरेल निक्कै पछि रहेका छन् । उनको जितको संभावना लगभग टुंगिएको देखिएको छ । यो नतिजाले एकपछि अर्को विवाद घटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको विश्वास बढेर गएको देखिएको छ ।

त्यसमाथि रविको लोकप्रियता झनै बढेको देखिएको छ। उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाका सांसद ‘घुस काण्ड’मा मुछिएपछि सो पार्टीप्रति जनताको विश्वास घट्ने र मत प्रभावित हुने टीकाटिप्पणी भएको थियो । तर, रास्वपाले ती अनुमानलाई गलत सावित गरिदिएको छ ।

मंसिरको चुनावमा रास्वपाले बागमती प्रदेशका काठमाडौं, ललितपुर र चितवनमा प्रत्यक्षतर्फ चुनाव जितेको थियो । उपनिर्वाचन रास्वपाका लागि बोनस भएको छ । उसले आफ्नो प्रभाव गण्डकी प्रदेशमा पनि विस्तार गरेको छ । संसद्मा २० सीट रहेकोमा रविको सांसद पद खारेज भएपछि १९ मा झरेको थियो ।

Advertisement

अब चितवनमा रविले जितपछि गुमेको सीटको क्षतिपूर्तिसहित संसद्मा रास्वपा २१ जना सांसदसहितको चौथो ठूलो दलका रूपमा कायम रहेको छ । रविले पटक पटक दोहोर्याउने गरेको १ को बदला तीन पूरा नभएपनि एकको बदला दुई भने उनले संभव तुल्याएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top