×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आठ वर्षअघिको त्यो महाभूकम्प….

१२ बैशाख २०८०

१२ वैशाख,काठमाण्डौ ।
आठ वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्प सम्झिदा अहिले पनि धेरैको मुटु हल्लिन्छ । सो महाभूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ लाख २ हजार २ सय ५७ नागरिकका घर तथा २ हजार ६ सय ७३ सरकारी भवन पूर्णरुपमा क्षति भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर ५६ मिनेटमा उक्त भूकम्प गएको थियो ।

Advertisement
Advertisement

जमिनको सतहबाट करिब १४ किलोमिटर गहिराइमा केन्द्रविन्दु भएको भूकम्प एक मिनेटजति निरन्तर कम्पन भएको थियो । त्यसपछि पनि सानाठूला परकम्प मापन गरिएको छ । उक्त भूकम्पपछि आजसम्म कैयौँ परकम्प मापन गरिएको छ । सानाठूला सबै गरी गोरखा भूकम्पका ५५ हजारभन्दा बढी परकम्प मापन गरिएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताएका छन् ।

तीमध्ये ६ म्याग्निच्युडदेखिमाथिका चार परकम्प छन् । सोही वैशाख १२ गते नै बारपाक आसपासै केन्द्रविन्दु भएको ६.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो । त्यसको भोलिपल्ट वैशाख १३ मा दोलखा केन्द्रविन्दु भएको ६.९ र सोही वैशाख २९ गते दोलखा नै केन्द्रविन्दु भएका दुइटा क्रमशः ६.२ र ७.२ म्याग्निच्युडको परकम्प मापन गरिएको अधिकारीले बताए ।

उनका अनुसार हालसम्म गोरखा भूकम्पका चार म्याग्निच्युडदेखिमाथिका ५८३ परकम्प मापन गरिएको छ । भूकम्पलाई प्राकृतिक विपत्ति मानिन्छ । भूकम्प कहिले जान्छ भनेर यकिन गर्न सकिँदैन । यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषय तयारीमा जुट्नुपर्ने बताएका छन् ।

भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा जुट्न नसकेको भन्दै मेयर साहले दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नुपर्ने बताएका हुन् । प्राकृतिक विपत्तिको पूर्व तयारीका लागि अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्न सके र सार्वजनिक ठाउँहरु खुल्ला राख्न सके भोलिका दिनमा पछुताउन नपर्ने उल्लेख गरेका छन् ।

उनले भूकम्प गएको ८ वर्ष भएको सन्दर्भमा सामाजिक सञ्जालमा लेखेका छन्,‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभुकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका बिषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो ।

अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ । काठमाण्डौ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ ।

जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’ ०७२ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा झन्डै चार खर्ब रुपैयाँ सकिएको छ । तर, अझै एक लाख विस्थापितका घर पुनर्निर्माण हुन बाँकी छन ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top