कोशी नाममा विवाद नगर्न माधव नेपालको आग्रह

२४ वैशाख, काठमाण्डौ ।
एक नम्बर प्रदेशको नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व आएर कोशी नामको पक्षमा आफ्नो र पार्टीको अडान टसकोमस नहुने अडान राखे । यसका लागि उनले गृहजिल्लादेखि पूर्वका ठाउँ ठाउँमा कालो झण्डा र विरोधको सामना गरे ।

ओलीको यो लाइनमा उनका कट्टर प्रतिद्वन्दी, वाकयुद्धका प्रतिष्पर्धी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि देखिएका छन् । नेपालले पनि ओलीले झैं पूर्व आएर प्रदेशको नाम कोशी नै उचित रहेको प्रतिक्रिया दिएका छन् । आज विराटनगर आएका नेपालले प्रदेश १ को नामकरण कोशीमै सहमति भइसकेको बताएका हुन् ।

उनले ‘कोशी’ साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । यद्यपीप प्रदेशसभामा मतदान हुँदा नेकपा एसका सांसदहरू कोशीको विपक्षमा उभिएका थिए । ‘कोशी नामकरण कुनै धर्म र संस्कृतिसँग जोडिएको छैन । यो प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्छ’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेपालले भने ।

Advertisement

उनले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरी सरकारले काम गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संसदले सहमतिमा जुराइसकेपछि अब कोशी प्रदेशको नाममा विवाद गर्न नहुने जनाए । उनले संसदले कोशीमा सहमति गरिसकेपछि जनतालाई मनाएर जानुपर्ने धारणा राखे ।

‘संसदबाट कोशीमा सहमति नै भएको रहेछ । संसदले सहमतिमा नाम जुराइसकेपछि अब विवाद गर्नुको अर्थ हुँदैन’, उनले भने, ‘हाम्रा केही साथीहरुले आफ्नो ढंगले चल्ने काम गर्नु भएको पनि सुन्नमा आयो। अब त्यसो गरेर हुँदैन।’ उनले कोशीको विकल्पमा सगरमाथा नाम राखेको भए पनि उचित हुने बताए ।‘नेपालको प्राकृतिक सम्पदा हो कोशी, सगरमाथा पनि गौरव हो’, उनले भने, ‘यसमा कुनै आपत्ति थिएन ।

कोशीमा सहमति भइसकेपछि त्यसलाई हामीले मानेर, असन्तुष्टलाई सम्झाएर जानुपर्छ।’ गएको फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखेसंगै पूर्वमा पहिचानपक्षधरले आन्दोलन र प्रर्दशन गर्दै आएका छन् । पहिचानवादीहरुले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए । सोही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ घाइते भएका थिए ।

उनको उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको थियो । आन्दोलनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडी तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । चैत १४ र १५ गते विराटनगरमा भएको प्रदर्शनीका क्रममा दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top