Nepal Times
Nepal Times
3
Shares

भारतको मध्यप्रदेशमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, २५ घाइते

भारतको मध्यप्रदेशमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, २५ घाइते

२६ वैशाख, एजेन्सी ।

भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो ।

दुर्घटनामा २५ जना यात्रु घाइते भएका खरगोनका एसपी धर्मवीर सिंहले जानकारी दिएका छन् ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख तथा गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार भारतीय रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.