Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ तीन सयले बढ्यो

सुनको भाउ तीन सयले बढ्यो

२६ बैशाख, काठमाडौँ । सुनको भाउ आज पनि तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले नै बढेर एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.