नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु / के छ प्रकृया ?

२५ बैशाख ८०, मंगलबार

२६ , वैशाख, विराटनगर ।

नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो । यो पटक मिष्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । कोशी प्रदेश मा मिस्टर नेपाल का प्रदेश निर्देशक रूपमा विराटनगर का चर्चीत फेसन इभेन्ट आयोजक रोनक अग्रवाल नियूक्त भएका छन।

प्रदेश निर्देशक रोनक अग्रवाल का अनुसार १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् ।

Advertisement

प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकको गोर्खाली टोल स्थीत होटल थ्री इन मा ११ बजे देखि हुनेछ भने वैशाख ३० गते विराटनगरको कञ्चनबरी स्थीत ध्ज्क्ष्त्भ्ज्इग्क्भ् थकाली किचेन रेष्ट्रो मा ११ बजे देखि हुनेछ।प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

Advertisement

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म तल राखिएको लिंक बाट भर्न सकिनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSd4heVrs2GtOcNAETrQ7zxvvZR2EMB0Ou3JkXSc3wF4Y-Cd9g/viewform

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top