Nepal Times
Nepal Times
3
Shares

बलात्कार आरोपमा ट्रम्पलाई सफाइ,यौन दुर्व्यवहारमा दोषी ठहर

बलात्कार आरोपमा ट्रम्पलाई सफाइ,यौन दुर्व्यवहारमा दोषी ठहर

२७ वैशाख, एजेन्सी ।
न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ । तर यो ट्रम्पविरुद्ध पछिल्लो समय चलिरहेको चर्चित मुद्दा भने होइन ।

ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न अमेरिकी पोर्नस्टार स्टर्मी डेनियललाई मौन बस्न १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप छ । ट्रम्पले उक्त रकम अफेयर सार्वजनिक नगर्न दिएकोसहित उनीविरुद्ध अदालतमा ३४ वटा मुद्दा चलिरहेका छन् । जो पुष्टि भएमा उनलाई अधिकतम् ४ वर्षको जेल सजाय हुनसक्छ ।

डेनियलपछि ट्रम्पसँग अर्की एक महिलाको नाम पनि जोडिएको थियो । करेन मेकडोगल नामकी अर्की महिलाले पनि आफ्नो सम्बन्धबारे मौन रहन भन्दै ट्रम्पले पैसा दिएको आरोप लगाएकी थिइन् । सिकागोस्थित प्लेब्वाई म्यागेजिनकी पूर्वमोडल मेकडोगलले आफू ट्रम्पसँग सम्बन्धमा रहेको दाबी गरेकी थिइन् ।

उनले ट्रम्पसँग १० महिना सम्बन्धमा रहेको बताएकी छन् । तर ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । यी सहितका मुद्दामा गत महिना ट्रम्प ५६ मिनेटमा अदालतमा प्रहरीको निगरानीमा बस्नुपरेको थियो । ट्रम्पमाथि लागेका यी गम्भीर मुद्दाको अन्तिम सुनुवाइ आगामी डिसेम्बरमा हुनेछ ।

मंगलवार न्युयोर्कको सिभिल कोर्टमा सुनुवाइ भएको ट्रम्पविरुद्धको मुद्दा भने सन् १९९० को हो । ई. जीन कैरल नामकी एक पत्रकारले सन् १९९० मा ट्रम्पले आफूलाई दुर्व्यवहार गरेको र उल्टै मानहानी गरेको आरोप लगाएकी थिइन् ।

पत्रकार समेत रहेकी क्यारोलले ९० को दशकमा ट्रम्पले बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उक्त आरोपमा ट्रम्प मानहानी र दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका हुन् । अदालतले बलात्कारको आरोपमा भने ट्रम्पलाई सफाइ दिएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पले अदालती फैसलापछि कैरल नामकी युवतीसँग आफ्नो चिनजान समेत नभएको प्रतिक्रिया दिएका छन् । आगामी वर्ष हुने अमेरिकाको राष्ट्रपति निर्वाचनमा उठ्ने तयारी गरेका ट्रम्पलाई यो फैसलाले ठूलो असर भने पर्नेछ । ट्रम्पको सचिवालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.