Nepal Times
Nepal Times
3
Shares

एमडीएमएस भोलिदेखि लागू हुने , विदेशबाट मोबाइल ल्याउदा के गर्ने ?

एमडीएमएस भोलिदेखि लागू हुने , विदेशबाट मोबाइल ल्याउदा के गर्ने ?

३१ वैशाख, काठमाण्डौ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलि सोमबारदेखि लागू हुने भएको छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्न सक्नेछन् ।

नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (-mdms.nta.gov.np_) मा दर्ता भए÷नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।

यस्तै, आयातकर्ता÷बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री–वितरण आग्रह गरिएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण र प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय सरकारले झिटीगुण्टा नियमावली संशोधन गरेको छ । सो अनुसार अब विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरिएको छ । यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो ।

सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो । अब विदेशबाट आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.