Nepal Times
Nepal Times
3
Shares

युक्रेनले रुसी विमान र हेलि खसालिदियो, रुस भन्छ दुर्घटना

युक्रेनले रुसी विमान र हेलि खसालिदियो, रुस भन्छ दुर्घटना

३१ वैशाख, एजेन्सी ।
डेढ वर्षभन्दा लामो समयदेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुसविरुद्ध युक्रेनले कडा प्रतिकार गरेको छ । युक्रेनले रुस सीमानजिक रुसका दुईवटा लडाकु विमान र दुईवटा हेलिकप्टर खसाएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

रुसका सु–३४, सु–३५ र एमआई–८ हेलिकप्टरलाई युक्रेनले तारो बनाएको स्काई न्युजले उल्लेख गरेको छ । यी रुसी विमानहरू ब्रान्स्क क्षेत्रमा उडिरहेका थिए । रुसको सरकारी समाचार संस्था तासले आकस्मिक सेवाका एक अधिकारीलाई उद्धृत गर्दै दिएको सूचनाअनुसार, युक्रेन सीमाबाट लगभग ४० किलोमिटर वर क्लिन्त्सी नजिक सु–३४लडाकू विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटना हुनुअघि विमानको इन्जिनमा आगो लागेको थियो । उक्त समाचारका अर्को लडाकु विमान र हेलिकप्टरको उल्लेख गरिएको छैन । तर रुससमर्थक टेलिग्राम च्यानल वोयेन्नी ओस्वेडोमिटेलमा पोस्ट गरिएको भिडियोमा आकाशमा हेलिकप्टर विस्फोट भई भुइँतर्फ खसिरहेको देखिन्छ ।

यस घटनामा युक्रेनको आधिकारिक प्रतिक्रिया आएको छैन् । तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले यस घटनालाई कर्म भन्ने संज्ञा दिएका छन् । युद्धका दौरान युक्रेनमा रुसले निक्कै ठूलो क्षति ब्यहोरेको बताइएपनि सार्वजनिक रुपमा रुसले युक्रेनबाट भोग्नु परेको क्षतिको स्पष्ट जानकारी दिने गरेको छैन् ।

पछिल्लो समयका टयाङहरुमा ठूलो क्षति ब्यहोरेपछि पछिल्लो समय रुसले पूराना ट्याङकहरु समेत युद्ध मैदानमा पठाएको छ । शनिबार मात्रै युक्रेनकी उपरक्षामन्त्री हन्ना मल्यारले युक्रेनी सेनाले पूर्वी सहर बाख्मुटमा दुई दिशातर्फ अघि बढिरहेको बताएकी थिइन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.