रविले अमेरिकी राहदानी त्यागेको प्रमाण भेटिएन,अब के हुन्छ ?

८ जेठ, काठमाण्डौ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण (निस्सा) फेला नपरेको तथ्य सहितको पत्र सर्वोच्च अदालत पठाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा नभेटिएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएपछि यो तथ्य भेटिएको हो ।

यसअघि जिल्ला प्रशासनबाटै फरक ब्यहोराको पत्र पठाईएको थियो। सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण माग गरी दिएको निवेदन अनुसार सर्वोच्च अदालतले गत वैशाख २७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण मागेको थियो।

Advertisement

निवेदक पौडेलको निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै निस्सा (प्रमाण) उपलब्ध गराउन भनेको थियो । नागरिकता विवादका कारण सर्वोच्चको फैसला अनुसार रविले गत माघ १३ गते उपप्रधान सहित गृहमन्त्री,सांसद र पार्टी सभापति पद गुमाउनु परेको थियो ।

त्यसको दुई दिनपछी माघ १५ मा रविले पुनः नागरिकता लिने प्रकृया गर्दा जिल्ला प्रशासन कार्यालयले सर्वोच्चलाई लामिछानेले अमेरिकी नागरिकता त्यागेको प्रमाणबारे सामान्य भाषामा जवाफ दिएको हो। लमिछानेले माघ १५ मा नागरिकता पुनः प्राप्ति गरेपछि गत वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट दोस्रो पटक अत्यधिक मतान्तरले निर्वाचित भएका थिए। हाल रवि रास्वपा संसदीय दलको नेता समेत चयन भैसकेका छन्।

Advertisement

तर,जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत सानोबाबु श्रेष्ठले जेठ ३ गते सर्वोच्चलाई अर्को पत्र लेखेर पठाएको जवाफमा लामिछानेको अमेरिकी नागरिकता त्यागेको प्रमाणको विषय आफ्नो कार्यालयसँग सम्बन्धित नरहेको बताएका छन्।

चलानी नम्बर २७३४ को पत्रमा भनिएको छ–‘रिट निवेदनमा प्रत्यार्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरीसकेको भन्ने प्रमाणित हुने निस्सा माग भएको हुँदा उक्त राहदानी त्याग सम्बन्धी निस्सा यस कार्यालयसँग सम्बन्धीत नरहेको ब्यहोरा सादर अनुरोध गर्दछु।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top