Nepal Times
Nepal Times
378
Shares

रास्वपामाथि चीनको चासो बढ्यो /चिनियाँ दूतावासको टोली घण्टीघरमा

रास्वपामाथि चीनको चासो बढ्यो /चिनियाँ दूतावासको टोली  घण्टीघरमा

११ जेठ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी भित्र देखिएको ढाकाकुमार श्रेष्ठाको अडिओ प्रकरण र सभापति रवि लामिछानेमाथि दोस्रो पटक नागरिकताकै विषयमा अदालतमा रिट परेको अवस्थामा नेपालस्थिति चिनियाँ दूताबासको टोलीले रास्वपाका नेताहरुसँग भेट गरेको छ । चिनियाँ दूतावासको टोली राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न बसुन्धरा पुगेको थियो ।

चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डलबीच रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो । द्विपक्षीय छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए । उनीहरुले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन् ।

भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचारमात्रै भएको रावलले बताइन् । ‘पार्टी कार्यालय बसुन्धरामा संक्षिप्त भेटघाट भयो,’ रावलले भनिन्, ‘भेटघाटमा नेपाल–चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो । उहाँहरूले पार्टीका बारेमा पनि चासो राख्नु भएको थियो।’ यस्तै रास्वपा सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरुसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरुले रास्वपाको टोलीसँग भेट गरेको हो ।

भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको उनको भनाइ छ । ‘उहाँहरुले भ्रष्टाचार विरोधी हाम्रो कार्य र सुशासनमा पार्टीले गरेको काममा चासो राख्नुभयो । यो प्रयास राम्रो भएको बताउनुभयो’ बुर्लाकोटीले भने ।

चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताएका छन् । आज मात्रै लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.