चीनमा सय वर्षयताकै अत्यधिक गर्मी

१६ जेठ, एजेन्सी ।
चीनको औद्योगिक महानगर साङ्घाईमा सय वर्षयताकै उच्च गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेख गरिएको जनाएको छ । मौसम विज्ञले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्लो हप्ता विगतका रेकर्ड तोडिएको बताएका छन् ।

हिजो साङ्घाईको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा उच्च तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । भारतका केही भागमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । भारत तापक्रमको वृद्धिको असर खेपिरहेको र सो समस्याबाट जोखिममा रहेको देशमध्ये एक हो ।

दिन र रातिको समयमा उल्लेखनीय रूपमा त्यहाँ गर्मी बढीरहेको छ र सन् २०५० सम्म त्यो दुईदेखि चार गुणाले बढ्ने ठानिएको छ । भारतसंगै, बाङ्ग्लादेश, पाकिस्तान, उत्तरपश्चिमी अस्ट्रेलिया, रेड सीको तटीय क्षेत्र अनि गल्फ अफ क्यालिफोर्नियामा तापमान पटकपटक उत्कर्षमा पुगेको पाइएको छ ।

साउदी अरबका दारान र दमाम सहर, कतारको दोहा र यूएईको रास अल खाइममा उच्च तापमान रेकर्ड हुँदै आएका छन् । त्यस्तै, पछिल्लो पटक बङ्लादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

उच्च तापमानले सबैलाई प्रभाव पार्छ । तर शरीरमा पानीको कमी, गर्मीका कारण हुने थकान अनि हीट स्ट्रोकको परिणाम विशेषतः मुटु, मिर्गौला अनि श्वासप्रश्वासको समस्या भएका तथा वृद्ध र बालबालिकाका लागि घातक हुनसक्छ । मानव शरीरले चरम गर्मीको लहर होस् वा हिमपात जहिले पनि तापक्रम ३७.५ डिग्री कायम राख्ने प्रयत्न गर्छ ।

तर तापमान बढ्न थाल्दा त्यसलाई घटाउन शरीरले बढी प्रयास गर्नुपर्ने हुन्छ । त्यसैले तापमान कम गर्न छालानजिक रक्तनलीहरू खुल्छन् अनि शरीरबाट पसिना निस्किन थाल्छ । पसिना बाफिएर उडेपछि तापमान नाटकीय रूपमा घट्न जान्छ ।

तीव्र गतिमा उच्च तापमान महसुस हुँदै आएका विपन्न क्षेत्रहरूमा बस्ने मानिसहरूबारे सबैभन्दा धेरै चिन्ता व्यक्त हुने गरेको छ । किनभने गरिब राष्ट्रमा बस्ने र खतरामा रहेकाहरूसँग बिजुलीको पहुँच हुँदैन र उनीहरूले वातानुकूलित अवस्थामा बस्नेबारे सोच्नसक्ने पनि अवस्था रहँदैन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top