साताको सेयर बजार ९२ अंकले नेप्से घट्यो

१८ जेठ ८०, शुक्रबार

१९ जेठ काठमाडौं ।
सरकारले यसै साता आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि अनुमानित आय व्ययसहित कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट सार्वजनिक गरेसँगै निरन्तर ओरालो लाग्न थालेको बजार अन्ततः १८ सय ६६।३४ अंकको विन्दुमा आएर अड्किएको छ ।

जबकी अघिल्लो साता ८१.८ अंकले बढ्दै नेप्से सूचक १९ सय ५९.१२ अंकको बिन्दुमा उक्लिएको थियो ।अघिल्लो साताको अन्तिम कारोबार दिन जेठ १० गते अर्थात् मे २४ का दिनको तुलनामा जेठ १८ गते बिहीबार ९२.७६ अंकले नेप्से घट्दै १८ सय ४९.७९ अंकको विन्दुमा ओर्लिएको छ ।

यो साता ९२ अंकमाथिको नेप्से गिरावट हुँदै गर्दा एक दिनमा नेप्से बढेर तीन दिन ठूलो अंकले माइनस भएको छ । बिहीबार एकदिन १६ अंकले नेप्से बढ्दा अरु तीन दिन करिब ११० अंकले घट्न पुग्यो ।

Advertisement

उसो त यससाता मार्केट क्यापिटलाइजेशन ९सेयर पुँजीकरण समेत १ खर्ब माथिले घट्दै २७ खर्ब २४ अर्ब ६५ करोड १० लाख रुपैयाँमा झरेको छ । अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँ कायम भएको थियो ।

उसो त ९२ अंक माथिले नेप्से घट्दै गर्दा यो साता कारोबार रकममा भने तीब्र बढोन्नति आएको छ । अघिल्लो साता ८१ अंकले नेप्से बढ्दै गर्दा जम्मा ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

Advertisement

तर, यो साता ९२ अंकमाथिले नेप्से घट्दै गर्दा १० अर्ब ७४ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यो साता ५ अर्ब ८८ करोड ९८ लाख २१ हजार रुपैयाँ बढीले करोबार भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top