×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

अमेरिकी आर्थिक संकट हटेको बाइडेनको घोषणा

२२ जेष्ठ २०८०

२२ जेठ,एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा देखिएको आर्थिक समस्या हटेको घोषणा गरेका छन् । सत्ता र विपक्षी केही सांसदको विरोधका कारण कर्जा सीमा अवधि बढाउने विधेयक पारितमा ढिलाइ हुँदा अमेरिका ‘आर्थिक संकट’ को संघारमा पुगेको थियो । तर विधेयक पारित भएसंगै अमेरिकामा सम्भावित जोखिम टरेको हो ।

Advertisement
Advertisement

अमेरिकी सरकारले जुन ५ सम्ममा कर्जाको सीमा अवधि बढाउनैपर्ने बाध्यता थियो । बुधबार र बिहीबार अमेरिकाले माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजिन्टेटिभ्सले विधेयक पारित गरेको हो । दुवै सदनले विधेयक पारित गरेपछि शनिबार राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्दै कानुनी रूप दिएका छन ।

अमेरिकाको तल्लो सदनले सरकारको कर्जा सीमा बढाउने विधेयक बहुमतले पारित गरेको थियो । विधेयकको समर्थनमा ३१४ र विरोधमा ११७ मत परेको थियो । दुवै पक्षबाट विरोधमा पनि मतदान भएको थियो । विधेयकको समर्थनमा राष्ट्रपति जो बाइडेनको पार्टी डेमोक्रेटिकबाट १६५ र विपक्षी पार्टी रिपब्लिकनबाट १४९ मत परेको थियो ।

यस्तै, माथिल्लो सदन सिनेटमा पक्षमा ६३ र विपक्षमा ३६ मत परेको थियो । राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले ‘आर्थिक संकट’ को सम्भावना हटेको बताएका छन । उनले विपक्षी पार्टीका सांसदहरूको सहयोगको पनि प्रशंसा गरे, जुन विरलै रूपमा हुने गर्छ ।

सरकारको कर्जाको सीमा अवधि सकिन लागेकाले राष्ट्रपति बाइडेनले चाँडोभन्दा चाँडो विधेयक पारित गर्न चाहेका थिए । उनले सोमबारसम्म उक्त विधेयक पारित नभएको भए ‘विनाशकारी अवस्था’ आउन सक्ने आफ्नो सम्बोधनमा बताएका छन । हाउस अफ रिप्रेजिन्टेटिभ्समा रिपब्लिकन पार्टीको बहुमत छ ।

सिनेटमा भने डेमोक्रेटिक पार्टीको बहुमत छ । यस्तो अवस्थामा विधेयक पारित हुनुलाई ठूलो सफलता मानिएको छ । दुवै पार्टीलाई सहमतिको बिन्दुमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विपक्षी पार्टी रिपब्लिकनका वरिष्ठ नेता तथा तल्लो सदनका सभामुख केभिन म्याकार्थीले यो सम्झौतालाई ऐतिहासिक भनेका छन ।

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई अहिले ३१.४ ट्रिलियन डलरको कर्जा छ । अमेरिकाको अर्थ व्यवस्थामा संकट आउनेबित्तिकै अन्य देशमा पनि असर पर्छ । अहिले देखिएको कर्जा संकट नसुल्झिएमा आगामी दिनमा विश्वकै अर्थ व्यवस्थामा असर पर्ने आकलन गरिएको थियो । नयाँ विधेयकले कर्जाको सीमा अवधिलाई सन् २०२५ जनवरी १ सम्म सारेको छ ।

अमेरिकी सदनले यो विधेयकबाट आगामी एक दशकमा १.५ ट्रिलियन डलर बचत हुने जनाएको छ । यद्यपि, यो विधेयकका विषयमा दुवै पार्टीका सांसदले विरोध गर्दै आएका थिए, जसका कारण पारित गर्न ढिलाइ भइरहेको थियो । रिपब्लिकन पार्टीका केही नेताले सरकारले खर्चमा पर्याप्त कटौती नगरेको आरोप लगाइरहेका थिए ।

डेमोक्रेटिकका सांसदले भने केन्द्र सरकारको खाद्य कार्यक्रम र विद्यार्थीको ऋण चुक्ताको प्रावधानमा आपत्ति जनाइरहेका थिए । अमेरिकी सरकारले आफ्नो खर्च पूरा गर्नका लागि उधारो लिन सक्ने अधिकतम रकमको सीमा नै ‘कर्जाको सीमा’ हो ।

Advertisement

अमेरिकासहित थुप्रै देशको बजेट घाटामा चलिरहेको हुन्छ भने सरकारले उठाउने राजस्वभन्दा धेरै खर्च भइरहेको हुन्छ । यस्तो अवस्थामा सरकारलाई खर्च गर्न ऋण आवश्यक पर्छ । अमेरिकामा यसलाई सामान्य प्रक्रिया मानिन्छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top