अनलाइन बाट यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

२२ जेठ , काठमाडौँ ।

Advertisement

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार साइबर ब्युरोले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं एसपी पशुपतिकुमार रायले जानकारी दिए।

पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका ९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत छन्।उनले सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनाएका थिए।

Advertisement

फेसबुक, म्यासेन्जर, ह्वाट्सएपमा समेत साथी बनेर संवाद गरेको प्रहरीले जनाएको छ।कुराकानी गर्दा यौन दुर्व्यवहार गरेको र स्क्रिन रेकर्ड समेत गरी फेक आइडीमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप उनीमाथि छ।

यसरी दुस्ख हैरानी तथा चरित्र हत्या गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको एसपी रायले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top