Nepal Times
Nepal Times
3
Shares

यौन दुव्र्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा

यौन दुव्र्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा

२३जेठ, काठमाण्डौ ।
बाल यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो । जिल्ला न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो । कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो ।

राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ । दोषी वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ । राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो । राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन् ।

यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए । बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन् । तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उद्धेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.