×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

ग्रेटर नेपालको नक्शापछि भारतमा छाए बालेन

२६ जेष्ठ २०८०

२६ जेठ काठमाण्डौ ।
भारतको नयाँ संसदमा राखेको मुरल (भित्ते चित्र)लाई काउन्टर दिदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेपछि भारतमा कोकोहोलो मच्चिएको छ ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेकोछ । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

Advertisement
Advertisement

बालेनले ग्रेटर नेपालको नक्शा राखेपछि भारतीय संचारमाध्यामहरुले यसलाई प्रमुखताका साथ सामाचार प्रकाशन गरेका छन् । नवभारत टाइम्सले लेखेको छ, हिमाचल, यूपी, बिहार… ’ग्रेटर नेपाल’ मा देखाइयो भारतीय भूभाग । यस्तै प्रभा साक्षीले लेखेको छ, ’अखंड भारत’प्रति आक्रोशित, नेपालले अब भारतीय भूमिमा दावी गर्दै, नितिशको हाजीपुर, योगीको गोरखपुर सबै ग्रेटर नेपालमा समावेश ।

भारतीय संचारमाध्यामहरुले बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुलाई संविधानविपरित रहेको समेत उल्लेख गरेका छन् । समाचारमा गगन थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएको विषय पनि उल्लेख गरेका छन् ।

विराटनगरमा बिहीबार गगन थापाले भनेका थिए ‘अर्को देशले हाम्रो देशका भूभाग मिलाएर साँस्कृतिक नक्सा भन्दै छाप्छ भने नेपालले पनि ग्रेटर नेपाल बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने छ ।’

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अखण्ड भारत विवादमा अशोकको साम्राज्य मात्र देखाउने स्पष्ट पारेका थिए । मित्र राष्ट्रहरूले यो बुझ्नेछन्। उनले भनेका छन् पाकिस्तानलाई बिर्सिदेउ, यो बुझ्ने क्षमता उनिसँग छैन । यो राजनीतिक मुद्दा होइन । यो सांस्कृतिक नक्सा हो ।

समाचारमा अखण्ड भारत विवादमा नेपाल सरकारले केही नबोले पनि विपक्षी दल आक्रमक बन्दै गएको लेखिएको छ । अखण्ड भारतको यो नक्साको नेकपा एमालेलगायत विपक्षी दलहरूले विरोध गरेका छन् ।

बहादुर शाहको शासनकालमा नेपालको भूभाग पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो । तर नेपालले अंग्रेजसँगको युद्धमा आफ्नो भूभागको ठूलो हिस्सा गुमायो । युद्धपछि मेचीदेखि टिष्टा र महाकालीदेखि सतलजसम्मको भूभाग स्थायी रूपमा भारतमा विलय भयो ।

सन् १८१६ मार्च ४ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको भूभाग मेची–महाकाली नदीमा परिणत गरेको थियो। बालेनको कार्यालयमा रहेको ‘ग्रेटर नेपाल’ नक्सामा पूर्वी टिस्टादेखि पश्चिम कांगडासम्मका क्षेत्रहरू समावेश छन् जुन हाल भारतीय भूभाग हो।

सुगौली सन्धिपछि नेपालले आजको तुलनामा ६० प्रतिशत भूभाग गुमाएको थियो । जुन भुभाग ग्रेटर नेपालमा समावेश छन् । यसअघि भारतीय संसदमा राखिएको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका अधिकारीहरुसँग कुरा गरेको बताएका थिए ।

तर परराष्ट्रमन्त्री एनपी साउदले भने भारतीय टेलिभिजन आजतकसँगको कुराकानीका क्रममा आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको जवाफ दिएका थिए । उता छिमेकी बंगलादेशले आफ्नो भूगोलसहितको नक्सा राखिएको विषयमा भारत सरकारसँग स्पष्टीकरण सोधिसकेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top