भारतमा ‘बिपरजोय’ आँधी उग्र बन्दै / पाकिस्तानमा २५ जनाको मृत्यु

२८ जेठ,एजेन्सी ।
भारतमा आएको चक्रवाती तुफान ‘बिपरजोय’ आगामी ६ घण्टामा ‘अत्यन्त भीषण गम्भीर चक्रवाती आँधी’ मा परिणत हुने चेतावनी त्यहाँको मौसम विभागले जारी गरेको छ । विभागका अनुसार चक्रवाती आँधी बिपरजोय जुन १५ तारिखसम्म पाकिस्तानको तटीय क्षेत्र र त्यससँगैको सौराष्ट्र र कच्छसम्म निकै भीषण स्वरुपमा पुग्न सक्नेछ ।

पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ । तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ । केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ ।

बिस्तारै बलियो बन्दै गएको चक्रवात बिपरजोय आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ । आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूलाई सावधानीको सल्लाह दिएको छ ।

Advertisement

जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र जुन १२ देखि १५ सम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा मत्स्य पालन नगर्न आग्रह गरिएको छ । आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उता भारी वर्षाले पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा घरहरू भत्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवत र कारक जिल्लाहरूमा शनिबार वर्षा र असिनाले क्षति पु¥याएको हो । रुख ढल्दा विद्युतीय प्रसारण टावर ढलेर १४५ जना घाइते भएका छन् ।

“अधिकारीहरूले घाइतेहरूलाई आपतकालीन राहत उपलब्ध गराउन काम गरिरहेको बताएका छन् । गत महिना गर्मीमा असामान्य हिमपातको क्रममा हिमपहिरोमा परी महिला र बालबालिकासहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top