×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

शेखर र देउवा एक, गगनको बिल्लीबाठ

२८ जेष्ठ २०८०

२८ जेठ, काठमाण्डौ ।
देशका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वप्रति महामन्त्री गगन थापा लगायतका नेताहरु लगातार आक्रमक रुपमा प्रस्तुत हुदै आएका छन् । नेतृत्वले कार्यकर्ताको मनोभावना बुझ्न नसकेको, पदाधिकारीहरुको टुंगो लगाउन नसकेको र पार्टीलाई चलायमान बनाउन नसकेको भन्दै नैतिक दबाबसहितको अभियान चलाइरहेका बेला १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई कडा टक्कर दिएका शेखर कोइराला भने देउवासँग नजिकिएका छन् ।

देउवाको साथ विना नेतृत्व हत्याउन नसक्ने र अर्काे महाधिवेशनमा गगनले टक्कर दिने निश्चित भएपछि शेखर देउवातर्फ ढल्किएका छन् । देउवाले आफू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने सार्वजनिक रुपमा घोषणा गरेका छन् । कांग्रेस विधानले सभापतिमा दुई पटक भन्दा बढी सभापति बन्न नपाइने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement

विधानको बन्देज र बढ्दो उमेरका कारण देउवाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने बताइरहँदा १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिश्पर्धा गरेका डा. शेखर कोइराला देउवासँग नजिकिएका छन् । कुनै समय देउवाको कडा आलोचक देखिएका डा. कोइराला पछिल्लो समय देउवासँग नजिकिएका मात्रै छैनन्।

पार्टीलाई एक बनाएर लैजानुपर्ने अभिव्यक्ति दिन थालेका छन्। देउवा र कोइराला नजिकिन थालेपछि कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापा भने अप्ठेरोमा परेका छन्। गगनको महत्वकांक्षा बढ्दै जाँदा आफूलाई नै अप्ठेरो पर्ने बुझेका डा.कोइराला देउवासँग नजिक हुँदै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने दाउमा लागेको देखिएको छ ।

सरकार विस्तार गर्दासमेत शेखरले गगनसँग छलफल नै नगरि आफू निकट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए। हाल कोइराला समूहबाट वर्तमान सरकारमा कानुनमन्त्री धनराज गुरुङ र खेलकुद मन्त्री डिकबहादुर लिम्बू मन्त्री छन्। गगनले प्रदीप पौडेल तथा जीवन परियारलाई अघि सारेका थिए ।

अहिले थापा नेतृत्वमाथि निरन्तर आक्रमक बन्दै नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन नसकिने बताइरहेका बेला शेखर सहमतिको पक्षमा नेतृत्वकै वचाउमा देखिएका छन् । शुक्रबार चितवनमा एकै मञ्चमा देखिएका देउवा र कोइराला शनिबार भक्तपुर जिल्ला सम्मेलनमा एकै मञ्चमा देखिएका छन् ।

यसले कांग्रेसको नेतृत्व गर्ने सपना बुनिरहेका गगनलाई धक्का लागेको छ । गगन आफ्ना लागि १० वर्ष मात्रै राजनीतिका लागि समय रहेको भन्दै यही अवधिमा पार्टी र सरकारको नेतृत् वगर्ने हुटहुटीमा छन् । त्यही हुटहुटी पूरा गर्न नेता कृष्ण प्रसाद सिटौला समूहबाट शेखर पक्षमा आएका गगन अहिले शेखर देउवाको साथमा देखिदा पाखा लागेका छन् ।

महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेता कोइरालालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गरेका सभापति देउवाले पछिल्लो समय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि आमन्त्रण गर्दै आएका छन्। विपरित कित्तामा रहेका देउवा र कोइराला नजिकिँदै गर्दा महामन्त्री थापा भने अप्ठेरोमा परेका छन्।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top