नेपालमा बनेको पहिलो हलिउड चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को ट्रेलर सार्वजनिक

२० भदौ ७५, बुधबार
Share this
777shares

एजेन्सी,भदौ २०
नेपालमा बनेको पहिलो हलिउड चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।पाँच करोड लगानीमा निर्माण भएको सो चलचित्रको ट्रेलर आईतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा सार्वजनिक गरिएको हो । यो चलचित्र नेपाल र लस–एन्जलसमा छायाङ्कन गरिएको छ ।

Advertisement

थिम पोतिएको पोस्टरमा चलचित्रका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ चलचित्र रिलिज गर्ने तयारीमा आफूहरू जुटेको बताए ।

यो चलचित्रका निर्माता नकिम उद्दिन हुन् भने निर्देशक पेमा धोन्डुप हुन् । चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । चलचित्र अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपालबाट नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

Advertisement

चलचित्रमा कार्लोस मेडिनाको छायाङ्कन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनि, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top