Nepal Times
Nepal Times
3
Shares

प्रचण्ड–बाबुरामविरुद्ध मुद्दाको सुनुवाइ हुँदै/प्रधानमन्त्री खोसिन सक्ने

प्रचण्ड–बाबुरामविरुद्ध मुद्दाको सुनुवाइ हुँदै/प्रधानमन्त्री खोसिन सक्ने

३० जेठ, काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमाओवादी नेता बाबुराम भट्टराईलगायतविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ । दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित माओवादीका पूर्व बालसेना लेनिन विष्टले आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो । तर सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दर्ताको आदेश दिँदै मंगलबार (आज) का लागि पेसी तोकिदिएको हो । लेनिन विष्टसहित नौ जनाले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

नौजना पूर्वबाल सैनिकहरूले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धका लगाएको दाबी गर्दै कारबाहीको माग गरेका हुन् । उनीहरूले अनमिनको वर्गिकरणका क्रममा आफूहरूलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन् ।

उनीहरूले बालसैनिकका रूपमा पहिचान भएका आफूहरूजस्ता २९२७ जनालाई ‘अयोग्य लडाकु’को मान्यता दिने निर्णयसमेत बदर गर्न माग गरेका छन् । निवेदकहरुले आफूहरूलाई प्रचण्ड र बाबुरामले ढाँटेर युद्धमा होमेर भविष्य बरबाद गरेको आरोप पनि लगाएका छन् ।

माओवादी विद्रोहकालमा नेताद्वय बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डमाथि रिटमा प्रश्न उठाइएको छ। प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्न नैतिक रुपमा नमिल्ने भएकाले पदिय हैसियतबाट निलम्बन गर्नु भनि आदेशको माग रिटमा गरिएको छ। प्रधानमन्त्रीलाई निलम्बन गर्न अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.